back
CTIZAN AD

आयआर्जनमा जोडिँदै तानसेनका महिला

वि.सं.२०८२ पुस २ बुधवार

771 

shares

तानसेन (पाल्पा) । यहाँको तानसेन नगरभित्रका महिला अहिले सङ्गठित भई सीप सिकेर आयआर्जनमूलक काममा जोडिन थालेका छन् । घरको काम सकेर फुर्सदमा बस्ने गरेका महिला पछिल्लो समय आयआर्जनमूलक क्षेत्रमा सक्रिय हुन थालेका हुन् । स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाले महिलालाई विभिन्न समूहमा आवद्ध गरी सीपमूलक तालिम दिन थालेपछि आयआर्जनका क्षेत्रमा महिलाको सक्रियता बढ्न थालेको हो ।

आफू आयआर्जनमूलक काममा लागे मात्रै परिवारलाई आर्थिक रूपमा सबल बनाउन सकिने भएकाले रोटी बनाउने सीप सिकेर व्यवसाय गर्न थालेको तानसेन नगरपालिका–२ स्थित असनटोलकी मञ्जु बज्राचार्यले बताईन् । तानसेन–२ वडा कार्यालयको आर्थिक सहयोगमा असनटोल विकास संस्था–३ ले रोटी बनाउने तालिम दिएसँगै आफूहरू आयआर्जनमा जोडिन थालेको उनकोे भनाइ छ । बज्राचार्यले भनिन्, “समूहमा नेवारी कला, संस्कृति तथा परम्परामा आधारित रोटी बनाउने तालिम लिएपछि हामी व्यवसायिक रूपमा लाग्न थालेका छौँ ।”

महिलालाई आयआर्जन पनि हुने र परम्परागत संस्कृति पनि जर्गेना हुने भएकाले यहाँका महिलालाई लोपोन्मुख अवस्थामा पुगेका नेवारी समुदायका परम्परागत रोटीका परिकार बनाउने तालिम दिइएको असनटोल विकास संस्थाकी अध्यक्ष अनुराधा बज्राचार्यले बताईन् ।

उनले भनिन्, “पछिल्लो समय आधुनिक जीवनशैली, बाहिरी फास्टफुड खाना खाने संस्कृतिको प्रभाव र पुस्तान्तरणको अभावका कारण नेवारी समुदायमा चलनचल्तीमा रहेका पाते र लाखामरीजस्ता परिकार हराउँदै जान थालेपछि त्यको संरक्षण र प्रवद्र्धन गर्नुका साथै महिलालाई आयआर्जनमा जोड्न सीप सिकाइएको हो ।”

महिलाले रोटी बनाउने तालिम लिएपछि अधिकांशले व्यवसायिक रूपमा काम गर्न थालेका छन् । व्यवसायिक रूपमा काम गर्न थालेपछि महिलाले अहिले सानातिना घरखर्च आफैँले टार्न थालेका छन् ।

तानसेन असनटोली पूर्णकला शाक्य केही वर्षअघिसम्म घरको काममा मात्रै व्यस्त हुनुहुन्थ्यो । घरायसी सामानको खरिदका लागि उनलाई पतिकै भर पर्नुपर्ने बाध्यता थियो । समूहमा आवद्ध भएर सीप सिकेकी अहिले आफैँ आत्मनिर्भर बन्ने उपाय खोज्न थाल्नुभएको छ । रोटी बनाएर राम्रो आम्दानी गर्न सकिनेमा उहाँले विश्वस व्यक्त गरिन ।

तानसेन एउटा सांस्कृतिक महत्व बोकेको सहर भएकाले यहाँ रहेका विभिन्न जातजातिका परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्दै महिलाले प्रशस्त आम्दानी गर्न सक्ने भएकाले यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिइने वडाध्यक्ष महेश्वर श्रेष्ठले बताए। महिला आत्मनिर्भर बन्नु नै समग्र समाज र देशको आर्थिक विकासको आधार भएको उनको भनाइ छ ।

वि.सं.२०८२ पुस २ बुधवार १६:३३ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...