काठमाडौं । ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ नामक संस्था चलाएर विभिन्न अभियानमा सक्रिय रहेका ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।
पछिल्ला दिन एमसीसी विरोधि अभियानमा सक्रिय भएर लागेका शाहीलाई पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शुक्रवार आयोजित एकता घोषणा कार्यक्रममा स्वागत गरेका हुन् ।

राप्रपाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा शाहीको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राप्रपामा समाहित भएको हो ।
राप्रपाको मंगलवार बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले शाही नेतृत्वको अभियानलाई राप्रपामा समाहित गर्ने निर्णय गरेको थियो ।
वि.सं.२०७८ फागुन ६ शुक्रवार १३:५२ मा प्रकाशित






























