back
CTIZAN AD

एमसीसीको विरुद्वमा भइरहेको प्रदर्शनप्रति अमेरिकाको विरोध, भन्यो– हिंसा भड्काउने कुरा स्वीकार्य छैन

वि.सं.२०७८ फागुन ६ शुक्रवार

1.1K 

shares

काठमाडौं । एमसीसीको विरुद्धमा हुन थालेको प्रदर्शनप्रति अमेरिकाले आपत्ति जनाएको छ । शुक्रबार नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले एमसीसीको विरोधमा भइरहेको प्रदर्शनप्रति सामाजिक सञ्जाल ट्विटरमार्फत आपत्ति जनाएका हुन् । उनले एमसीसीलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका कुराहरु आफुँहरुलाई अस्वीकार्य हुने बताए ।

दूतावासको आधिकारिक अकान्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिंसा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका हुन् ।

उनले आफ्नो र दूतावासको ट्विटरमार्फत भनेका छन्, “हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो, आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।”


सरकारले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्ने तयारी गरेसँगै संघीय राजधानी काठमाडौंमा जनप्रदर्शनहरु हुन थालेका छन् । बुधबार र बिहीबार संसद भवन अगाडि प्रदर्शन भएका छन् । एमसीसीविरुद्वको प्रदर्शनमा सत्तारुढ गठबन्धनकै नेताहरु सहभागि छन् ।

प्रदर्शन आक्रामक बन्दै गएपछि प्रदर्शनमा सुरक्षा निकायले निकै बल पनि प्रयोग गरेको थियो । प्रदर्शन आगामी दिनमा थप चर्किँदै जाने देखिन्छ । अमेरिकाको पछिल्लो भनाईसँगै प्रदर्शन थप आक्रामक हुने सम्भावना बढेको छ ।

वि.सं.२०७८ फागुन ६ शुक्रवार १७:१९ मा प्रकाशित

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...