back
CTIZAN AD

एमालेले संसद अवरोध नगरे एमसीसी सदनमा पेस गर्न दिने एकिकृत समाजवादीको निर्णय

वि.सं.२०७८ फागुन ७ शनिवार

1.4K 

shares

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) ले एमालेले संसद अवरोध नगरे एमसीसी सदनमा पेस गर्न दिने निर्णय गरेको छ ।

शनिवार नयाँ बानेश्वरमा बसेको एकिकृत समाजवादीको स्थायी कमिटीको बैठकले लामो समयदेखि अवरुद्ध रहेको सदन सुचारु भएमा एमसीसी पेस गर्न दिने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अवरोध हटे एमसीसी टेवुल हुने वातावरण बन्ने बताए । तर, संसोधन नगरी यथास्थितिमा एमसीसी पारित गर्न नसकिने पार्टीको अडान यथावत रहेको पनि उनले बताए ।

नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेवुल नगरी नछाड्ने अडान राखेको छ भने नेकपा (माओवादी केन्द्र) र एकिकृत समाजवादीले संशोधन नगरी यथास्थितिमा एमसीसी सम्झौता पारित नहुने अडान राख्दै आएका छन् ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने पहिले सत्तारुढ गठबन्धन दलभित्र एमसीसी सम्झौताबारे निर्णय नभएसम्म आफुले कुनैपनि निर्णय नलिने बताउँदै आएको छ ।

वि.सं.२०७८ फागुन ७ शनिवार १६:१३ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...