back
CTIZAN AD

प्रहरी कार्यालय ३८ वर्षदेखि भाडाकै घरमा

वि.सं.२०७८ फागुन ८ आइतवार

1.1K 

shares

मनाङ । मनाङका अधिकांश प्रहरी कार्यालय भाडाकै घरमा छन् । जिल्ला प्रहरी कार्यालय मनाङअन्तर्गतका अधिकांश प्रहरी चौकी विगत ३८ वर्षदेखि भाडाकै घरमा सञ्चालन भइरहेका छन् ।

प्रहरी नायब उपरीक्षक सुवास खड्काले जिल्लाका अधिकांश इकाइ संरचनाविहीन रहेको बताए । उनका अनुसार निजी आवासलाई भाडामा लिएर मनाङको शान्ति सुरक्षामा प्रहरी खटिएका छन् । “जिल्ला प्रहरी कार्यालयको भवन निर्माण भइरहेको छ”, उनले भने, “कार्यालय भवन निर्माणका लागि लामो समयदेखि आग्रह गर्दै आएको र सोही बमोजिम हाल भवन निर्माण प्रक्रिया अगाडि बढेको छ ।”

सदरमुकाम चामे गाउँपालिका-४ स्थित बजारमा नै प्रहरी कार्यालयको सुविधा सम्पन्न भवन निर्माण भइरहेको उनको भनाइ छ । करिब रु १४ करोडको लागतमा जिल्ला प्रहरी कार्यालय मनाङको भवन निर्माण भइरहेको छ । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मातहतका अन्य इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकी पनि भाडाकै घरमा छन् । प्रहरीले नजिक रहेका केही विद्यालयलाई ब्यारेक बनाएर प्रयोग गरिरहेका छन् भने अधिकांश प्रहरी चौकी भाडाका घरमा सञ्चालित छन् । भाडाका घरमा खान, बस्न, छलफल र अन्य कामकाजमा ठूलो समस्या भइरहेको उनले बताए । निवास, कार्यालयको व्यवस्थापन साँघुरोमा राखिएको छ ।

धारापानीस्थित इलाका प्रहरी कार्यालयको सेवा पनि भाडाकै घरबाट प्रवाह भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । तालगाउँमा रहेको चौकीको जग्गा व्यक्तिको आवास निर्माण भएकाले भरखरै मात्र कार्यालयको मातहतमा ल्याइएको उनको भनाइ छ । मनाङको तालगाउँ, धारापानी, सदरमुकाम चामे, हुम्दे एयरपोर्ट, नार्पाभूमि र च्याखुमा इलाका प्रहरी तथा प्रहरी चौकी रहेका छन् । हुम्दे प्रहरी चौकीको जग्गा एयरपोर्ट विस्तारमा परेपछि ङिस्याङ गाउँपालिकाले चौकी निर्माणका लागि जग्गाको व्यवस्थापन गरेको उनले जानकारी दिए ।
रासस

वि.सं.२०७८ फागुन ८ आइतवार १५:०१ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...