back
CTIZAN AD

संसदमा एमसीसी टेबल, अब के गर्छ एमाले ?

वि.सं.२०७८ फागुन ८ आइतवार

783 

shares

काठमाडौं । लामो रस्साकस्सीका बीच विवादास्पद एमसीसी प्रतिनिधिसभाको बैठकमा पेश भएको छ । आइतबार बसेको बैठकमा सरकारका तर्फबाट सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका थिए ।

मन्त्री कार्कीले एमसीसी पेस गर्दै गर्दा सत्तारुढ गठबन्धनकै तीन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विरोध गरेका थिए । प्रमुख प्रतिपक्षी एमाले वेलमा उभिएर नाराबाजी गरिरहेको थियो ।

एमसीसी टेबल हुँदै गर्दा बेलमा उभिएर एमालेले नाराबाजी गरिरहेको थियो यद्यपी एमालेको नाराबाजी एमसीसीको विषयमा थिए । उसले माधवकुमार नेपालसहितका १४ सांसद र सभामुखको राजीनामा मागिरहेको थियो ।

लामो समयदेखि विवाद र बहसको केन्द्रमा रहीरहेको एमसीसीप्रति भने एमालेले वेवास्ता गर्‍यो । सांसद भीम रावलले एमसीसीको विषयमा बोलेकोप्रति पनि एमालेले आपत्ति जनाएको छ । एमालेले आफुँहरुले एमसीसीको विषयमा कुनै निर्णय नगरेको भन्दै रावलले बोल्नु दलीय व्यवस्था विपरित भएको बताएको छ । एमाले एमसीसीमा मौन देखिन खोजिरहेको छ ।

अब के गर्छ एमाले ?

एमालेले अहिलेसम्म पनि एमसीसीको विषयमा कुनै निर्णय गरेको छैन् । एमसीसीको विषयमा संसदीय दलको बैठकमा छलफल गरेको भएपनि एमालेले कुनै निर्णय गरेको छैन् । एमालेले १४ सांसदमाथिको कारबाहीको विषयमा टुंगो नलाइकन अन्य विषयमा प्रवेश नगर्ने भनेको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले १४ सांसदमाथिको विषय टुंगो नलगाई आफुँहरु एमसीसीको विषयमा प्रवेश नगर्ने बताए । आइतबारको संसद बैठक पछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले एमालेलाई संसदीय काम कारबाहीमा सहभागी हुने अवस्था नै नरहेको बताए ।

“एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने प्रक्रियामा एमाले सहभागी हुँदैन”, सञ्चारकर्मीलाई प्रतिक्रिया दिँद उनले भने, “हाम्रो माग सम्बोधन भएको छैन। संसदीय काम कारवाहीमा सहभागी हुने वातावरण नै बनाइएको छैन।”

वि.सं.२०७८ फागुन ८ आइतवार १७:४५ मा प्रकाशित

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...