back
CTIZAN AD

राजधानीमा मंगलबारदेखि फ्रान्सेली खाना महोत्सव हुने

वि.सं.२०७३ फागुन ३० सोमवार

807 

shares

national-food-france३० फागुन काठमाडौँ, । नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले फ्रान्स र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको र नेपालको सामाजिक एवम् आर्थिक विकासमा सक्दो सहयोग गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

मङ्गलबार नेपाल लगायत विश्वका सबै मुलुकमा आयोजना हुने फ्रान्सेली खाना महोत्सव (गु द फ्रान्स) बारे जानकारी दिन आज आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गु द फ्रान्सका माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताउनुभयो । फ्रान्सेली विदेश मन्त्रालयको आह्वानमा मार्च २१ तारिख (चैत ८) मा विश्वभर आयोजना हुने गु द फ्रान्समा विश्वका नाम चलेका तारे होटल र रेस्टुराँमा फ्रान्सेली खानाका दक्ष भान्सेले तयार पारेका खानेकुरा ग्राहकलाई पस्किने छन् ।

तीन वर्षदेखि नेपालमा पनि आयोजना हुँदै आएको गु द फ्रान्समा यस पटक होटल सोल्टी, होटल याक एन्ड यति, सिल्भर माउन्टेन र गेट कलेज तथा ला शेर्पाले नेपालमा नै उत्पादित सामग्रीबाट फ्रान्सेली खाना पस्कने जनाइएको छ । गु द फ्रान्सबाट आर्जित रकममध्ये पाँच प्रतिशत मानवीय सेवामा क्रियाशील सामाजिक संस्थालाई प्रदान गरिने बताइएको छ ।

वि.सं.२०७३ फागुन ३० सोमवार १२:२६ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...