फर्शुराम भुर्तेल, पर्वत । पर्वत पैयुको जनसेवा संस्कृत माबिलाइ ५५ लाख रुपैया बराबरको शैक्षिक सामाग्री हस्तान्तरण र हुवास क्याम्पसलाई पाँच लाख सहयोग जुटाएका राजेन्द्र श्रेष्ठले आफनो एउटा सपना पूरा भएको बताएका छन ।
तत्कालीन धौलागीरी अंचल पर्वत जिल्लाको हुवास ३ पैयु हटियाका राजेन्द्र लामो समयदेखी अमेरिकाको न्युजर्शिमा रहंदै आएका छन् ।

गण्डकी प्रदेश पर्वतको पैयुँ गाउँपालिकामा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालयको लागि होम क्लबको रुपमा रहेको फेयर लन सनराइज रोटरी क्लब न्यु जर्र्सी अमेरिकाको बिशेस सहयोग, रोटरी क्लब अफ ब्राञ्चवर्ग न्युजर्र्सीको सहयोग र फिस्टेल रोटरी क्लब पोखराको पहलमा सो बिद्यालयलाइ ५५ लाख रुपैया बराबरको शैक्षिक सामाग्रीहरु प्रदान गरिएको छ ।

यसको साथै शिक्षक सीप बिकास तालिम र बालमैत्री कक्षा कोठाहरुको ब्यबस्था गरिएको छ भने नमुना बिद्यालय अनुगमन अध्ययनको लागि पनि केहि रकमको प्रबन्ध गरिएको जानकारी प्राप्त भएको छ ।

सो परियोजनाको पूर्बधारहरु तयार पार्नको लागि उनले फेयर लन सनराइज रोटरी क्लब मार्फत धेरै नै फन्ड रेजिङ्ग इभेन्टहरु गरेका थिए । जसमध्ये उनले १०० डलर सहयोग गर्ने ब्यक्तिको नाममा डेस्क र बेन्चमा नाम लेख्ने अभियान नै संचालन गरेका थिए ।
यस अभियानमार्फत् उनले पाँच हजार डलर संकलन गरेको र हरेक रोटरी मेम्बरहरुबाट पनि ब्यक्तिगत रुपमा आर्थिक सहयोग जुटाएका थिए । यस सम्बन्धमा उनले भनेका छन –‘थोपा थोपा पानि बाट समुद्र बने जस्तै ५५ लाख रुपैयाको प्रोजेक्टको लागि रोटरी क्लबका हरेक मेम्बरहरुको पसिना बगेको छ र तपाई हामीहरु जस्ता जनसहयोगीहरुको मन र पबित्र भावना जोडिएको छ । ’
सहयोगको सहि सदुपयोग हुने अपेक्षाका साथ उनले भनेका छन ्–‘मैले यस घडीमा दश औंला जोडेर बिन्ति गर्न चाहन्छु, यो पसिनाको फललाइ सरोकारवालाहरुले पक्कै पनि सहि रुपमा सदुपयोग गरिदिनु हुनेछ, मर्मत सम्भारमा ध्यान पुर्याई दिनुहुनेछ, धुलोधाली भयो, सफा गर्ने मान्छे छैन भनेर सामाजिक संजाल मार्फत कुरा सुन्नुपर्ने अवस्था सिर्जना हुने छैन । यतिमात्र भयो भने मैले आज भन्दा आठ वर्ष अगाडी देखि यस बिद्यालयको लागि देखेको सपना पूरा भएको ठान्नेछु । ’
उनले भनेका छन ‘प्राबिधिक जनशक्ति उत्पादन गरि यस बिद्यालयलाइ पर्वत जिल्लाकै एउटा सबल, सक्षम र नमुना बिद्यालय बनाउने उदेश्यले मेरो होम क्लब फेयर लन सनराइज रोटरी क्लबले केहि वर्ष अगाडी मात्र ४० ओटा ल्यापटप कम्प्युटर र अन्य स्थानिय दाताहरुले पनि कम्प्युटर र प्रोजेक्टरहरु प्रदान गर्नु भएको थिया र त्यस बारेमा हरेक रोटरी मेम्बरहरु र दाताहरुले चासो राख्नु स्वभाविक पनि हो ।’
श्रेष्ठले कम्तिमा पनि हरेक छ महिनामा बिस्तृत बिबरण सहितको प्रगति विवरण पेश गर्न सकीएको अबस्थामा फेरि पनि त्यस्ता सहयोगले निरन्तरता पाउन सक्ने र अन्य छिमेकी बिद्यालयहरुलाई पनि सहयोग पुर्याउन सकिने संभावना पनि जानकारी गराएका छन् ।
‘पैयुँ गाउँपालिका लगायत नेपालका विभिन्न स्थानमा स्थाई घर भै हाल स्थाई वा अस्थाई रुपमा बिदेशमा बस्नुहुने महानुभावहरुको तर्फबाट यस बिधालयको भौतिक संरचनामा सहयोग गर्ने उद्धेस्यले एउटा अभियान नै चलाइयो । जसबाट सोचे अनुसारको रकम पनि जम्मा गर्न सकिएको थियो र उक्त रकमबाट हामि बिदेशमा बस्ने सहयोगीहरुको सम्झनामा एउटा छुट्टै सानो भवन वा सुहाउँदो एउटा कोठा निर्माण गर्ने भन्ने कुरा पनि भएको थियो,’ बिद्यालय ब्यबस्थापन समितिलाई सुझाव दिंदै उनले भनेका छन्, ‘मलाइ लाग्छ, त्यति गर्न सकियो भने हामी सबैको अभिलेख पनि राख्न सकिने र हामी मध्ये कोहि पनि गाउँ फर्केर जाँदा आफ्नो नाम देख्न पाइयो भने मेरो पनि यसमा केहि अंश छ है भन्ने कुराको सोचाइले आफ्नो बिद्यालय प्रतिको माया र ममता अझै बढ्न जाने छ तसर्थ, यस बारेमा पनि बिद्यालय ब्यबस्थापन समितिको ध्यान जानेछ भन्ने आशा गरेको छु । ’
राजेन्द्र अञ्जना प्रोत्साहन पुरस्कारको घोषणा
उनले हुवास बहुमुखी क्याम्पस पैयुमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गर्दै ‘राजेन्द्र अञ्जना प्रोत्साहन पुरस्कार’ को घोषणा गरेका छन ।
यस सम्बन्धमा उनले भनेका छन – ‘गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग गर्दै शैक्षिक स्थितिलाई माथि उठाउनको लागि हाम्रो परिवारले हरेक दिन एक घन्टा बढी काम गर्ने र अतिरिक्त समयमा गरेको काम मार्फत संकलित रकमबाट ‘राजेन्द्र अञ्जना प्रोत्साहन पुरस्कार’ खडा गर्ने निर्णय गरेका छौं ।’
श्रेष्ठले यस सम्बन्धमा केहि शर्तहरु पनि राखेका छन् । उनले हरेक वर्ष वितरण हुने पाँच लाख रुपैयाको यो पुरस्कार पाँच जनालाई उत्कृष्टताको आधारमा दिइने छ । जसमध्ये पहिलो देखि चौथो वर्षसम्म बिषय नलागिकन पास हुने पहिलो तीन जना बिद्यार्थीहरुलाई एक–एक लाखको दरले वितरण गरिनेछ तथा पहिलो, दोश्रो र तेश्रो बर्षमा बिषय लागे पनि चौथो बर्षमा सबै बिषयमा उतिर्ण छन भने बढि अंक ल्याउने पाच जनालाई चालिस चालिस हजारको दरले वितरण गरिने छ ।
यस बाहेक, हरेक वर्ष सो क्याम्पसमा भर्ना हुने १० जना बिद्यार्थीहरुलाई लाग्ने भर्ना शुल््क राजेन्द्र अञ्जना प्रोत्साहन पुरस्कार अन्तर्गत नै थप समाबेश गरि तिर्ने ब्यबस्था मिलाइने छ तर पुरस्कारको रकम भने नघटाइने श्रेष्ठले बताएका छन् ।
पैयुका नामुद समाजसेवी दलबहादुरका कान्छा छोरा राजेन्द्र सानैदेखी सामाजिक काममा रुचि राख्ने मानिस हुन् । उनी काठमाडौँमा पढने क्रममा जापानीहरुको सहयोग लगेर होस् वा अमेरिकाको ब्यस्त जीवनका घण्टालाइ सपनासंग जोडेर होस् उनले गाउघरको सेवा संधै गरेका छन् । उनी न्युयोर्कदेखी नजिकैको शहर न्युजर्शिमा बसेपनि सबैभन्दा नजिक उनले गाउंठाउलाइ नै बनाइरहेका छन् ।
राजेन्द्रको आभार
समाजसेवी राजेन्द्रले सो परियोजनामा साथदिने सबैप्रति आभार ब्यक्त गरेका छन । उनले भनेका छन् ‘फेरि पनि यो हाम्रो प्रोजेक्ट सम्पन्न गर्न अहोरात्र खटिनु भएका फिस्टेल रोटरी क्लबका बिनोद कोइराला लगायत उनका सम्पूर्ण टिमहरु, विद्यालयका प्र अ टिकाराम सर लगायत बिद्यालय परिवार अनि ब्यबस्थापन समितिका अध्यक्ष यु प्रताप सेन लगायत सम्पूर्ण पदाधिकारीहरुलाइ धेरै धेरै धन्याबाद दिन चाहन्छु र शोभाकान्त सरको बर्र्सौबर्ष देखिको अथक प्रयास, आर सी सर, गिरिराज गौतम, टेक प्रसाद श्रेष्ठ, कृष्ण श्रेष्ठ, महेन्द्र श्रेष्ठ तथा आशा प्रोजेक्टका आदरणिय दाजु तुलसी महर्जन लगायतका महानुभावहरुको योगदानलाइ पनि शिरोधार्य गर्दै यो हाम्रो शिक्षाको मन्दिरलाई पर्वत जिल्लाको नमुना बिद्यालय बनाउन होस्टेमा हैसे गर्दै अगाडी बढौ ।’
राजेन्द्रको यो अतुलनीय योगदानलाइ सम्मान गर्दै धेरै प्रबुद्ध ब्यक्तिहरुले उनीप्रति आभार फर्काएका छन । जापानमा कार्यरत हिमाल भटराइले ‘महान कार्य’ बताएका छन भने कांग्रेस पर्वतकी युवा नेतृ जानकी प्रधानले सरहानीय कामप्रति सम्मान भनेकी छन् । डेनमार्कबाट उदयराज गौतमले राजेन्द्रलाइ सपुत भन्दै कोटी कोटी सलाम भनेका छन भने काठमाण्डौको कपनमा रहेका मित्र रानाले भावि पुस्ताले संझिरहने बताएका छन ।
हातेमालो अभियानका परीकल्पनाकार नीलकण्ठ तिवारीले राजेन्द्रलाइ अबिचल अबिरल समाजसेवाको पयार्य बताएका छन् । यसअघि पैयुका प्रतिष्ठित सामाजिक तथा शैक्षिक अभियन्ता शोभाकान्त रीजालले राजेन्द्र श्रेष्ठ बिदेश भएजस्तो लागेकै छैन भन्दै उनको चिन्ता, चासो र जिममेवारीबोधलाइ कुनै पनि आभार र सममानका शब्दले सम्बोधन गर्न मुस्किल भएको बताएका थिए ।
वि.सं.२०७८ फागुन १० मंगलवार ०९:२५ मा प्रकाशित






























