back

गगनको आक्रोशः एमसीसीको पक्षमा मतदान नदिनेले सरकार छाडे हुन्छ

वि.सं.२०७८ फागुन १० मंगलवार

570 

shares

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताए ।

उनले भने,“सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तरसँगै जान्छौं भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेरसँगै बसौं । फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन ।”

हरेक नेता सरकारमा रहेका समयमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि बढेको स्मरण गर्दै उनले छलफलपछि सबैले एमसिसीका पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।

तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको जनाउँदै उनले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे । एमसिसीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्ने उनले बताए । उनले भने,“यो सम्झौताको पक्षमा कांग्रेस किन उभियो भन्ने कुरा हामी जनता गएर भन्दछौँ । सिङ्गो पार्टी एमसिसीका पक्षमा छ । ”

वि.सं.२०७८ फागुन १० मंगलवार १५:२६ मा प्रकाशित

Himalayan Life AD
एकीकृत समाजवादीको सचिवालय बैठक पनि आजै

एकीकृत समाजवादीको सचिवालय बैठक पनि आजै

काठमाडौँ । एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति...

दसैँका अवसरमा प्रदर्शन भएका यी तीन चलचित्र : कस्ले कति कमाए त ?

दसैँका अवसरमा प्रदर्शन भएका यी तीन चलचित्र : कस्ले कति कमाए त ?

काठमाडौँ । दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३...

कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधनप्रति...

मन्त्री घिसिङद्वारा क्षतिग्रस्त विपी राजमार्ग अवलोकन

मन्त्री घिसिङद्वारा क्षतिग्रस्त विपी राजमार्ग अवलोकन

काभ्रेपलाञ्चोक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत साताको...

विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया

विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया

चितवन। भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा तीन वृद्धाको...

बाढीपहिरोका कारण तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

काठमाडौँ । देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढिपहिरो जाँदा...