back
CTIZAN AD

हराएको मतदाता परिचयपत्रको प्रतिलिपि लिन २० गतेभित्र निवेदन दिनुपर्ने

वि.सं.२०७८ फागुन १० मंगलवार

807 

shares

गलेश्वर । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता परिचयपत्र हराएकाले प्रतिलिपि लिनका लागि फागुन २० गतेभित्र निवेदन दिनुपर्ने जनाएको छ । स्थानीय तहको निर्वाचनको तयारी भइरहेको अवस्थामा मतदाताले परिचयपत्र लिएर मात्रै मतदान प्रक्रियामा सहभागी हुनुपर्ने भएकाले परिचयपत्र हराएको हकमा फागुन २० गतेभित्र कार्यालयमा निवेदन दिनुपर्ने जनाएको हो ।

जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले तोकिएको समयभित्र मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरिएको बताए । “मतदाता परिचयपत्र आफूसँग नभएको अवस्थामा आवश्यक प्रक्रिया पूरा गरी आउनुपर्ने छ, जिल्लाभित्रका सबै स्थानीय तहलाई जानकारी गराइएको छ”, उनले भने ।

जिल्लाभित्र निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउनसमेत मतदाताले आफ्नो साथमा परिचयपत्र राख्नुपर्ने प्रमुख घिमिरेको भनाइ छ । यता जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले मतदाता परिचयपत्र हराएमा वडाको सिफारिस लिएर निर्वाचन कार्यालयमा जानुपर्ने व्यवस्थालाई हटाउनुपर्ने माग गरेका छन् ।

मतदातालाई दोहोरो झन्झट हुने भएकाले मतदाताले नै प्र्रतिलिपि बनाउन अनिच्छुक देखिने जोखिम रहेकाले सहज र सरल प्रक्रिया बनाउनुपर्नेमा उनीहरुको जोड छ । आसन्न निर्वाचनका लागि सङ्कलित मतदाता नामावलीको अहिले अद्यावधिक गर्ने काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

म्याग्दीमा गएको माघ २४ गतेसम्म ९० हजार मतदाताको तस्बिरसहितको मतदाता नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रासस

वि.सं.२०७८ फागुन १० मंगलवार १५:३९ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...