back

नेपालले पायो १७६ रनको लक्ष्य, मोहम्मद वसीमको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ फागुन १० मंगलवार

684 

shares

१० फागुन, काठमाडौँ । आइसिसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको यूएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले १७६ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो । युएईका लागि ब्याटिङ्गमा मोहम्मद वसीमले ४८ बलमा ७० रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी वृत्य अरविन्दले २३ बलमा ४६ रनको पारी खेलेका थिए । नेपालका लागि बलिङ्गमा जितेन्द्र मुखिया र अविनाश बोहराले सर्वाधिक ३/३ विकेट हात पारेका थिए । त्यसैगरी सन्दिप लामिछानेले १ विकेट हात पारेका थिए ।

आइसिसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको सेमिफाइनल खेलमा जित हासिल गर्नको लागि नेपालले २० ओभरमा १७६ रन बनाउन पर्ने छ । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान सुरक्षित गर्न पनि नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।

वि.सं.२०७८ फागुन १० मंगलवार १७:१४ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...