back
CTIZAN AD

कक्षा कोठाको अभावमा विद्यालयले दुई चरणमा अध्यापन प्रबन्ध मिलाउँदै

वि.सं.२०७८ फागुन १० मंगलवार

822 

shares

महेन्द्रनगर । ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा दिइरहेको कञ्चनपुरको बैजनाथ माध्यमिक विद्यालय अब्बल सावित हुँदै गएको छ । विसं २०३३ मा स्थापना भएको कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीमा रहेको सो विद्यालयमा एक हजार ४८३ विद्यार्थी अध्ययनरत छन् । तर कक्षा कोठाको अभावले विद्यालयले दुई चरणमा अध्यापन प्रबन्ध मिलाउँदै आएको छ ।

“ विद्यार्थीको चाप धेरै हुँदा दिनमा दुई सिफ्टमा कक्षा सञ्चालन गरिरहेका छौं ।” विद्यालयका प्राधानाध्यापपक धीरेन्द्रचन्द्र भट्टल भने,“माविमा दरबन्दी न्यून हुँदा निजीस्रोतबाट शिक्षक राखेर अध्यापन अघि बढाउनु परेको छ । ”उनले सो क्षेत्रमा निजी विद्यालय रहेपनि सामुदायिक विद्यालयको गुणस्तिरीय शिक्षामा अब्बल भएकै कारण विद्यार्थीको चाप रहेको बताए ।

“सामुदायिक विद्यालयमा विद्यार्थी चाप खस्कदो अवस्थामा रहेका बेला हाम्रोमा भने नगरपालिका, समुदाय, यहाँका सबै क्षेत्रको सहयोगले विद्यार्थी दिनप्रदिन बढिरहेका छन् ।” उनले भने,“गतविगतबाट बेदकोट नगरपालिकाबाट पनि शिक्षकको तलब÷भत्ताका लागि अनुदान रकम प्राप्त भइरहेको छ ।”

प्रअ भट्टका अनुसार विद्यालयमा बिहान ७ देखि १ बजेसम्म ९ देखि १२ कक्षासम्म पहिलो चरण र बिहान ११ बजेदेखि साढे ४ बजेसम्म १ देखि ८ कक्षासम्मको दोस्रो चरणमा अध्यापन हुन्छ ।

“एउटै कक्षालाई तीन भागमा विभाजन गरेर अध्यापन गराउनुपर्ने अवस्था पनि छ ।” उनले भने,“ विद्यालयको शैक्षिकस्तर राम्रो हुनुमा यहाँका शिक्षक,शिक्षिकाका साथै अभिभावक र सहयोगी संस्थाको पनि भूमिका छ ।”सो विद्यालयमा नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत १२ कोठे भवन निमार्णका लागि गतवर्ष रु डेढकरोड रकम आएको थियो । भवनको जग निर्माण भए पनि कोभिड लगायतका कारणले निर्माण रोकिएको छ ।
मावि तहमा १२ शिक्षकको दरबन्दी आवश्यक रहेपनि स्थायी दरबन्दी ३ मात्रै रहेको विद्यालयले जनाएको छ ।“माविमा निजीस्रोतबाट पाँच जना शिक्षक अध्यापन गराइरहेका छन् ।” उनले भन,“प्राविमा ६ जना र प्रवीणताप्रमाणपत्र तहमा दुईजना दरबन्दी अनुसार कार्यरत छन् ।”बेदकोट नगरपालिका–२ का वडाध्यक्ष एवं नगर प्रवक्ता नरेशबहादुर सिंहले नगरपालिकाले कार्यक्रम नै बनाएर सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरिरहेको बताए ।

“हामीले नगरपालिकाबाट प्राविका निजीस्रोतका शिक्षकको तलब÷भत्ताका लागि प्रतिशिक्षक मासिक रु १६ हजार, निमावी तहकालाई १८ र माविलाई २० हजारका दरले रकम दिइरहेका छौं ।” उनले भने,“कतिपय अवस्थामा विद्यार्थीको अनुपात हेरेर पनि सहयोग नगरपालिकाबाट वितरण भइरहेको छ ।”

 

वि.सं.२०७८ फागुन १० मंगलवार १७:१६ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...