back
CTIZAN AD

बिरामी चितुवाको उपचार हुँदै

वि.सं.२०७८ फागुन १० मंगलवार

873 

shares

बागलुङ । बागलुङ नगरपालिका-३ पाखाथरबाट बिरामी अवस्थामा शनिबार उद्धार गरिएको चितुवालाई औषधोपचारसहित हेरचाहमा राखिएको छ । अन्दाजी डेढ वर्षको उक्त चितुवा सिकिस्त भई डिभिजन वन कार्यालयको खोरमा लडिरहेको छ ।

सहायक वन अधिकृत मदन कँडेलले चितुवाको स्वास्थ्य स्थिति सुरुको तुलनामा सुधार हुँदै गएको बताए । पशु चिकित्सक प्रियङ्का भण्डारीसहितको प्राविधिक टोलीले सोमबार चितुवाको प्राथमिक उपचार गरेका थिए । “उपचारले निको हुन्छ कि आशा छ हेरौँ, हाम्रो प्रयास अन्तिमसम्म बचाउनेमा हुन्छ,” उनले भने ।

शरीरमा कुनै ठूलो चोट नदेखिए पनि चितुवाको घाँटीदेखि माथिको भाग चलेको छैन । जसले गर्दा चितुवाले केही खान सकेको छैन । औषधि पनि सुईबाट दिइएको छ । सोमबारदेखि बल्लतल्ल पानीसम्म खान थालेको जनाइएको छ ।

चितुवाको टाउँकोमा मानिसले कुनै वस्तुले हिर्काएको या कतै खोरमा च्यापिएको हुनसक्ने चिकित्सकको अनुमान छ । बिरामी भई अचेत अवस्थामा बाटोमा भेटिएपछि स्थानीयवासीले उद्धारका लागि कार्यालयलाई खबर गरेका थिए । उपचारले निको भएमा चितुवा आफ्नै बासस्थानमा फर्कनेछ । आहाराको खोजीमा बस्तीतिर छिर्दा चितुवा र मानिसबीच द्वन्द्व बढ्ने गर्छ । घरपालुवा पशुपक्षीदेखि मानिसमाथि नै चितुवाले हिंस्रक व्यवहार देखाउने गर्छ । त्यसबाट जोगिन मानिसले चितुवालाई पनि निसाना बनाउँछन् । त्यसको किसिमको अवस्था आउन नदिन वन्यजन्तु-मानवबीचको द्वन्द्व घटाउने उपायहरुको खोजी गर्नुपर्ने सहायक वन अधिकृत कँडेलले बताए ।
रासस

वि.सं.२०७८ फागुन १० मंगलवार १७:२६ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...