back
CTIZAN AD

एनसेलले ल्यायो गज्जबको डेलि जीबी प्रयोगकर्ताका लागि क्यास ब्याक अफर

वि.सं.२०७८ फागुन १० मंगलवार

1.1K 

shares

काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्नेछन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा रु २० देखि रु ६० सम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ ।

गजब्बको डेलि जीबी प्याक अन्तरगतको क्यास ब्याक योजना सोमबारदेखि लागु भएको एनसेलले जनाएको छ ।

यस आकर्षक योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीकोे गजब्बको डेलि जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्नछन् ।

७ दिनसम्मका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले कर सहित मात्र १ सय ६९ रुपैंयाँमा सुचारु गर्न सक्नेछन् । यो प्याक सुचारु गर्ने ग्राहकले रु २० क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँनेछन् । त्यसैगरि ग्राहकले कर सहित मात्र २ सय ६९ रुपैंयाामा ७ दिनको समयसिमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्नेछन् । यो प्याक सुचारु गर्ने ग्राहकले रु ३० को क्यास ब्याकबाट फाइदा लिन सक्ने पनि एनसेलले जनाएको छ ।

त्यस्तैगरी धेरै लामो समयसिमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसिमा रहेको दैनिक १ जीबी डेटा प्याक कर सहित मात्र ५ सय ९९ रुपैंयाँमा सुचारु गर्न सक्नेछन् । यो प्याक सुचारु गर्ने ग्राहकले रु ६० बोनस क्यास ब्याक पाउँनेछन् ।

यस गज्जबको डेलि जीबी डेटा प्याक अन्तरगत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्नेछन् । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्याक सुचारु गर्न सक्नेछन् । यो डेटा प्याक एनसेल एपबाट पनि सजिलैसंग खरिद गर्न सकिनेछ ।

गज्जबको डेलि जीबी डेटा प्याकमा क्यास ब्याक योजनाले डेटा बाहेक अन्य अन नेट सेवा प्रयोग गर्नका लागि ग्राहकहरुलाई राम्रो लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।

वि.सं.२०७८ फागुन १० मंगलवार १७:२९ मा प्रकाशित

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...