काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । मंगलबार एमसीसीको विषयमा छलफल गर्न वैद्य प्रचण्डलाई भेट्न पुगेका थिए ।
वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेको प्रति प्रचण्डलाई प्रश्न गरेका थिए । उनले एमसीसी कसरी अगाडि बढ्दैछ भनि जिज्ञासा राखेका थिए ।
प्रचण्डसँगको भेटमा वैद्यले “एमसीसी पास गरे राम्रो नहुने” कुरा प्रचण्डलाई बताएको बताएका छन् । वैद्यले बताएअनुसार माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्ने कुरा प्रचण्डले बताएका थिए ।
भेटमा एमसीसीको विरोधमा सडक प्रदर्शन गर्दा पक्राउ परेका आफ्ना कार्यकर्तालाई निःशर्त छोड्न वैद्यले आग्रह गरेका छन् ।
वि.सं.२०७८ फागुन १० मंगलवार १७:३८ मा प्रकाशित






























