back
CTIZAN AD

नेपाल १०७ रनमा अलआउट, विश्वकप खेल्ने सपना चकनाचुर

वि.सं.२०७८ फागुन १० मंगलवार

966 

shares

१० फागुन, काठमाडौँ । आइसिसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको यूएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले ६८ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । युएईका लागि ब्याटिङ्गमा मोहम्मद वसीमले ४८ बलमा ७० रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी वृत्य अरविन्दले २३ बलमा ४६ रनको पारी खेलेका थिए । नेपालका लागि बलिङ्गमा जितेन्द्र मुखिया र अविनाश बोहराले सर्वाधिक ३र३ विकेट हात पारेका थिए ।

१७६ रनको लक्ष्य पछाएको नेपालले पुरै २० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । नेपाली टिम १८.४ ओभरमा १०७ रन बनाएर अलआउट हुन पुगेको थियो । नेपालका लागि ब्याटिङ्ग दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाएका थिए । युएईका लागि अहमद रजाले उत्कृष्ट बलिङ्ग गर्दै सर्वाधिक ५ विकेट हात पारेका थिए ।

जितसँगै युएईले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान सुरक्षित गरेको छ भने नेपालको विश्वकप खेल्ने सपना चकनाचुर भएको छ ।

वि.सं.२०७८ फागुन १० मंगलवार १९:०१ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...