back

नेपाल १०७ रनमा अलआउट, विश्वकप खेल्ने सपना चकनाचुर

वि.सं.२०७८ फागुन १० मंगलवार

666 

shares

१० फागुन, काठमाडौँ । आइसिसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको यूएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले ६८ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । युएईका लागि ब्याटिङ्गमा मोहम्मद वसीमले ४८ बलमा ७० रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी वृत्य अरविन्दले २३ बलमा ४६ रनको पारी खेलेका थिए । नेपालका लागि बलिङ्गमा जितेन्द्र मुखिया र अविनाश बोहराले सर्वाधिक ३र३ विकेट हात पारेका थिए ।

१७६ रनको लक्ष्य पछाएको नेपालले पुरै २० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । नेपाली टिम १८.४ ओभरमा १०७ रन बनाएर अलआउट हुन पुगेको थियो । नेपालका लागि ब्याटिङ्ग दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाएका थिए । युएईका लागि अहमद रजाले उत्कृष्ट बलिङ्ग गर्दै सर्वाधिक ५ विकेट हात पारेका थिए ।

जितसँगै युएईले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान सुरक्षित गरेको छ भने नेपालको विश्वकप खेल्ने सपना चकनाचुर भएको छ ।

वि.सं.२०७८ फागुन १० मंगलवार १९:०१ मा प्रकाशित

Himalayan Life AD
स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि...

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

काठमाडौँ । ट्रेलमान्डु नेपालको आयोजनामा केभिआर समीट च्यालेन्ज शनिबार सुरु...

नेपालसँग कुवेत पराजित

नेपालसँग कुवेत पराजित

काठमाडौँ । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया...

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

काठमाडौँ । तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ...

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

काठमाडौं । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी...

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...