काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि दुई ठूला चुनौति देखिएका छन् । उनलाई एकातिर एमसीसी जसरी पनि पारित गराउनु छ भने अर्कोतिर सत्ता पनि जोगाउनु छ । देउवाले दुवै चुनौतिलाई पार गर्न सत्ता साझेदार दलहरु र प्रमुख प्रतिपक्षी एमालेसँग समानान्तर खालको संवाद अगाडि बढाइरहेका छन् ।
देउवा सत्ता गठबन्धनबाट एमसीसी पारित गराउन सके गठबन्धन जोगाउने ध्याउन्नमै छन् भने गठबन्धनबाट सहयोग नभए प्रमुख प्रतिपक्षी एमालेसँग सहकार्य गर्ने योजनामा छन् । देउवाले मंगलबारदेखि दुवै पक्षसँग निरन्तर र सामानान्तर संवाद पनि अगाडि बढाएका छन् ।
देउवाले एमसीसी टेबल गर्नु अघि नै सत्ता साझेदार दलहरुलाई एमसीसी पास गर्नुको विकल्प नभएको भन्दै पक्षमा उभिने वा विपक्षमा उभिने भन्ने दुई विकल्प रोज्न सुझाएका थिए । जसको आधारमा सत्तामा रहने वा नरहने निर्णय हुने देउवाको तर्क छ ।
देउवा सत्ता गठबन्धनबाट एमसीसी पारित गराउन सके गठबन्धन जोगाउने ध्याउन्नमै छन् भने गठबन्धनबाट सहयोग नभए प्रमुख प्रतिपक्षी एमालेसँग सहकार्य गर्ने योजनामा छन् । देउवाले मंगलबारदेखि दुवै पक्षसँग निरन्तर र सामानान्तर संवाद पनि अगाडि बढाएका छन् ।
तथापि देउवाले दलहरुलाई मध्यमार्गी बाटो सुझाएका छन् । देउवाले कांग्रेस महामन्त्री गगन थापामार्फत माओवादी केन्द्र र एकीकृत समाजवादीले संशोधन माग गरेका बुँदामा ‘व्याख्यात्मक घोषणा प्रस्ताव’ बनाउने तयारी पनि गरेका छन् । जसबारे देउवाले एमसीसी नेपालसँग पनि कुराकानी अगाडि बढाइरहेका छन् ।
सोमबार साँझ महामन्त्री थापा, नेताद्धय रामकुमार झाँक्री र जीवनराम श्रेष्ठले कानून विज्ञहरुसँग छलफल गरेका थिए । व्याख्यात्मक घोषणा प्रस्तावले कानुनी मान्यता पाउने वा नपाउने विषय भने स्पष्ट छैन ।
तथापी सत्ता साझेदार माओवादी केन्द्र उक्त प्रस्तावप्रति संशकित छ । माओवादी केन्द्रले संशोधन बिना एमसीसी पारित गर्न नसकिने बताइरहेको छ ।
एमालेसँग पनि समानान्तर संवाद
देउवाले सत्ता साझेदार दलहरुसँग मात्रै होइन प्रमुख प्रतिपक्षी एमालेसँग पनि निरन्तर र सामानान्तर संवाद अगाडि बढाएका छन् । उनले एमसीसी टेबल गर्नु अघिदेखि नै एमालेसँग संवाद बढाएका थिए ।
एमसीसी टेबल गर्नु अघि फागुन ५ मा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमा पुगेर भेटेका थिए । त्यसयता मंगलबार बालुवाटारमा देउवा र ओलीबीच ‘वान टु वान’ वार्तासमेत भएको छ ।
देउवाले सत्ता साझेदार दलहरुसँग मात्रै होइन प्रमुख प्रतिपक्षी एमालेसँग पनि निरन्तर र सामानान्तर संवाद अगाडि बढाएका छन् । उनले एमसीसी टेबल गर्नु अघिदेखि नै एमालेसँग संवाद बढाएका थिए । एमसीसी टेबल गर्नु अघि फागुन ५ मा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमा पुगेर भेटेका थिए ।
देउवाले ओलीसँग आफैंले मात्रै नभई दूतहरुमार्फत पनि पटक–पटक छलफल गरिरहेका छन् । उनले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडलाई पटक–पटक ओलीसँग छलफलका लागि पठाएका छन् । बुधबार पनि प्रचण्डलाई भेट्न पुगेका गृहमन्त्री खाँड लगत्तै ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए ।

ओलीसँग सहकार्यको सम्भावना बढी
एमसीसीको विषयमा देउवा र ओलीबीच समान धारणा छ । सत्ताको नेतृत्वमा रहँदादेखि नै ओली निरन्तर एमसीसी पारित गर्ने अडानमा थिए । उनले एमसीसी पारितका लागि संसदमा प्रस्ताव पनि दर्ता गराएका थिए । तर, तत्कालिन सभामुख कृष्णबहादुर महराले सहयोग नगरेसँगै उनको प्रस्ताव अलपत्र परेको थियो ।
अहिले देउवाले तत्कालिन ओली नेतृत्वको सरकारले नै प्रस्तुत गरेको उक्त प्रस्तावलाई अगाडि बढाएको हो । तर, अहिले ओली एमसीसीको विषयमा मौन छन् । ओलीले एमसीसीलाई राजनीतिक मुद्दाको रुपमा अगाडि बढाएका छन् । एमसीसीलाई हतियार बनाएर सभामुखलाई हटाउने र गठबन्धन परिवर्तन गर्ने ओलीको दाउ छ ।
देउवा र ओलीबीच एमसीसीमा समान धारणा भए पनि सभामुख हटाउने विषयमा सहमति बन्न सकेको छैन । देउवा ओलीको विगतप्रति केही सशंकित पनि छन् । तर, बाध्यात्मक अवस्थामा देउवा ओलीसँग सहकार्य गर्न तयार हुने देखिन्छ ।
देउवा र ओलीबीच एमसीसीमा समान धारणा भए पनि सभामुख हटाउने विषयमा सहमति बन्न सकेको छैन । देउवा ओलीको विगतप्रति केही सशंकित पनि छन् । तर, बाध्यात्मक अवस्थामा देउवा ओलीसँग सहकार्य गर्न तयार हुने देखिन्छ ।
कांग्रेस महामन्त्री गगन थापाको पछिल्ला अभिव्यक्तिले पनि सोहि दिशातिर लक्षित गरेको छ । महामन्त्री थापाले एमसीसीको पक्षमा उभिन नसक्ने भए सरकार छाड्न माओवादी र एकीकृत समाजवादी भनेका थिए । उनको अभिव्यक्ति एमालेको साथ र समर्थन पाउने निश्चित भएपछि आएको देखिन्छ ।
वि.सं.२०७८ फागुन ११ बुधवार १५:०२ मा प्रकाशित
























