back
CTIZAN AD

नेप्सेमा दोहोरो अकंको गिरावट

वि.सं.२०७८ फागुन ११ बुधवार

867 

shares

११ फागुन, काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार (नेप्से) मा दोहोरो अकंको गिरावट आएको छ । आज नेप्से १९ दशमलव ६३ अकंले घटेर समग्र परिसूचक २७१६ दशमलव २९ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ५ दशमलब ७३ अकंले घटेर ५१७ दशमलब ४२ बिन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२८ कम्पनीका ३ अर्ब ४ करोड ३२ लाख ४४ हजार ३०४ रुपैंयाँ बराबरका ६१ लाख २ हजार १२८ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ४७ हजार ६ सय ६१ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेपाल टेलिकम, घलेम्दी हाईड्रोपावर, हिमालयन डिष्टिलरी, नेशनल हाईड्रोपावर, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा घलेम्दी हाईड्रोपावर, एचआईडिसिएल, नेशनल हाईड्रोपावर, आँखु खोला जलविद्यृत, सानिमा माई हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै कमाउनेमा दिव्यश्वरी हाइड्रोपावर, युनाईटेड इदी मार्दी एण्ड आर.बि हाईड्रोपावर, घलेम्दी हाईड्रोपावर, तेह्रंथुम पावर कम्पनी, रुरु जलविद्यृत लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने नेपाल फाइनान्स, सर्पोट माइक्रोफाइनान्स, गुराँस लघुवित्त, एभरेष्ट बैक, गोर्खाज फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ फागुन ११ बुधवार १५:१५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...