back
CTIZAN AD

प्रचण्ड भन्छन् – फेरि पुरानै सत्ता उल्टाउने कोशिस भयो

वि.सं.२०७८ फागुन ११ बुधवार

1K 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा फेरि पुरानै सत्ता उल्टाउने कोशिस भइरहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिबारे टिप्पणी गर्दै उनले यस्तो भनेका हुन् ।

“विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोशिस गर्छन्, अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको छ”, प्रचण्डले भनेका छन् ।

तर, सबै प्रपञ्चको जालो चिरेर आफुँहरु विजयी हुने उनको भनाई छ । प्रचण्डले अगाडि भनेका छन् ,“ उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन्। तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं।”

अहिले सत्ता गठबन्धन एमसीसीको विषयले गम्भीर संकटमा फसेको छ । सत्ताको नेतृत्व गरिरहेको कांग्रेस एमसीसीलाई जसरी पनि पास गर्ने योजनामा अघि बढेसँगै गठबन्धन संकटमा फसेको हो ।

कांग्रेसले सत्ता सहकार्यको लागि सत्ता साझेदारभन्दा बढी प्रमुख प्रतिपक्षी एमालेसँग संवाद गरिरहेको छ । एमसीसीमा एमालेसँग मुद्दा मिलेको कांग्रेसले सत्ता सहकार्य गर्नसक्ने सम्भावना बढेको छ ।

कांग्रेस र एमालेबीच बाक्लिएको संवादका बीच प्रचण्डको यस्तो भनाई सार्वजनिक भएको हो । यसलाई सत्ता गठबन्धन परिवर्तन हुँदै गरेको अर्थमा पनि लिन सकिन्छ ।

वि.सं.२०७८ फागुन ११ बुधवार १५:३२ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...