back
CTIZAN AD

बलात्कारको मुद्दामा फरार रहेका पल शाहले आफूमाथि षडयन्त्र गरिएको भन्दै यस्तो लेखे

वि.सं.२०७८ फागुन १२ बिहीवार

810 

shares

काठमाडौं । बलात्कारको आरोपमा प्रहरी कार्यालय तनहुँमा मुद्दा परेपछि अभिनेता पल शाहले समिक्षा अधिकारीसँग जोडेर आफुमाथि षड्यन्त्र गरिएको बताएका छन् ।

शाहले केहिदिन अगाडी प्रसारितअडियो क्लिपमा गायिका समीक्षा अधिकारीद्वारा आफूमाथि सुन्न नसकिने खालको आरोप लगाइएको भन्दै ती सबै नियोजित र षडयन्त्रपूर्वक ढङ्गले आफ्ुमाथि प्रहार गरेको बताएका छन् ।

‘म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु । सायद अहिलेसम्म मलाई हजुरहरु सबैले आफ्नो मनदेखी निकालि सक्नु भएको होला र गालीगलौज पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।’ साहले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

साहले भनेका छन्– ‘पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो । हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्षपछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो । साथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो । लगायत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो । र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवानरुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंल्याइदिनुहोला । यदी म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्तीहरुको नाम यस प्रकार रहेको छ ।’

उनले साथी दुर्गेश थापा, ठुल्दाई सरोज ओलि भाई कृष्ण जोशी र सम्राट चौलागाईले आफूमाथि षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १०:४७ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...