back
CTIZAN AD

एकै दिन पचीस सयले बढ्यो सुनको मूल्य, कति छ त प्रतितोला ?

वि.सं.२०७८ फागुन १२ बिहीवार

1.1K 

shares

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० तोकिएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९६ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार ३१५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । नेपालको सुनचाँदी बजारमा अन्तरराष्ट्रिय कारोबारले प्रभाव पार्ने हुँदा विश्व बजारमा सुनचाँदीका मूल्य बढे अनुसारनै आज नेपालको बजारमूल्यमा त्यसको प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ ।

 

वि.सं.२०७८ फागुन १२ बिहीवार १२:२१ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...