back
CTIZAN AD

एमसीसी सम्झौता पेश गर्ने मन्त्री बन्जीजम्पमा सरर

वि.सं.२०७८ फागुन १२ बिहीवार

876 

shares

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकका एमसीसी छलफलको प्रस्ताव पेश गर्ने अर्थमन्त्री जनार्दन शर्मा पर्वतको कुश्मामा बन्जिजम्प शयर गर्न व्यस्त रहेका छन् ।

एमसीसीमा त्यति रुचि नदेखाएका शर्माले यसअघि पनि टेवुल गनुुपर्ने बेला उपत्यका बाहिर भएको जानकारी दिएपछि संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो प्रस्ताव पेश गरेका थिए ।

एमसीसीका विवादित र अनुत्तरित सवाललाई लिएर एमसीसी मुख्यालयमा पत्राचार गरेका शर्मा यसअघि पक्ष र विपक्षका दुवै कोणबाट चर्चाको पात्र बनाइएका थिए । नेकपा (माओवादी केन्द्र) को महासचिव दावी गर्दै आएका मन्त्री शर्मा पर्वत जिल्लाको कुश्मा बजारका पूलहरुको भ्रमण, बन्जीजम्पको आनन्द, कार्यालय प्रमुखहरुसँग भेटघाट, कार्यकर्ताहरुसँग अन्तरक्रिया गर्न बिहानैदेखि व्यस्त रहेका छन् ।

बुधवार साँझ कुश्मा पुगेका जर्नादन शर्मासँग माओवादीका नेताहरु दीनानाथ शर्मा, गुप्त शमाल, सुदीप कुँवरसँगै रहेको फोटो विहीवार बिहान सार्वजनिक गरिएको छ ।

मन्त्री शर्माको स्वकीय सचिवालयले जनाएअनुसार शर्माले एमसीसी प्रस्तावको छलफलमा उपस्थित हुने संभावना रहेको छैन ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १२:२७ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...