back
CTIZAN AD

बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता

वि.सं.२०७८ फागुन १२ बिहीवार

783 

shares

१२ फागुन, काठमाडौँ । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सूचना आदान प्रदान एवंम पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले आज ललितपुरस्थित संस्थाको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

त्यस अवसरमा बीमा समितिका अध्यक्ष सिलवालले बीमा क्षेत्रमा आर्थिक पारदर्शिता, उत्तरदायित्व र विश्वसनीयता कायम राख्न तथा नेपाल वित्तीय प्रतिवेदन मानको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन सम्झौताबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष ओलीले बीमा कम्पनीहरूमा ९एनएफआरएस ० को कार्यान्वयन र सुशासन कायम गर्ने सन्दर्भमा दुई संस्थाबीचको सहकार्य महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

बीमा व्यवसायको दिगो विकासका लागि सहकार्य गर्ने, बीमा कम्पनीका वित्तीय गतिविधिहरूलाई थप पारदर्शी एवम् प्रतिस्पर्धी बनाई संस्थागत सुशासन कायम गर्ने र सर्वसाधारण लगानीकर्ताको हित सुरक्षा गर्ने उद्देश्यले समिति र संस्थाबीच सम्झौता भएको हो ।

सम्झौतामा बीमा कम्पनीहरूमा एनएफआरएको कार्यान्वयनमा सहजीकरण गर्न तालिम कार्यक्रम आयोजना तथा यससम्बन्धी प्राविधिक परामर्श आदान प्रदान गर्ने, बीमा कम्पनीका वित्तीय विवरण तथा प्रतिवेदनको अध्ययन तथा विश्लेषणका सम्बन्धमा आपसी राय परामर्श आदान प्रदान गर्ने र बीमा कम्पनीका लेखापरीक्षणको राय तथा त्यसले पार्न सक्ने असरको विश्लेषण गर्न सहकार्य गर्ने उल्लेख छ ।

यसैगरी, बीमा कम्पनी र कम्पनीसँग सम्बन्धित व्यक्ति तथा संस्थाका सदस्यहरूलाई समिति वा संस्थाले गरेको कारवाहीका बारेमा एकआपसमा जानकारी गराई यस सम्बन्धमा आवश्यक सहकार्य गर्ने तथा संस्था र समितिबाट जारी भएका विभिन्न निर्देशिकाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन सहकार्य गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १२:३८ मा प्रकाशित

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिईओ र डेपुटी...

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका...

एससिटीले प्राप्त गर्यो आईएसओकाे अन्तर्राष्ट्रिय प्रमाणपत्र

एससिटीले प्राप्त गर्यो आईएसओकाे अन्तर्राष्ट्रिय प्रमाणपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक (Payment...

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...