back
CTIZAN AD

कीभ कब्जा गर्ने तयारीमा रुसी सेना, विकल्प नभेटेपछि यूक्रेनले उडायो तीन पुल

वि.सं.२०७८ फागुन १३ शुक्रवार

879 

shares

काठमाडौं । रुस–यूक्रेनबीचको लडाईँ गम्भीर मोडमा पुगेको छ । रुसी सेनाले गरेको आक्रमणबाट यूक्रेनमा सय बढी मानिसले ज्यान गुमाएसकेका छन् । यूक्रेनका राष्ट्रपति बताएअनुसार रुसी सेनाको आक्रमणमा परि हालसम्म १३७ जनाले ज्यान गुमाइसकेका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार रुसी सेना अहिले तीन तिरबाट यूक्रेन प्रवेश गरिरहेको छ । रुसी सेना राजधानी कीभलाई कब्जा गर्ने तयारीमा छ । कीभको बाहिर रुसी सेना र यूक्रेनी सेनाबीच लडाईँ चलिरहेको छ ।

यसबीच रुसी सेनालाई रोक्न यूक्रेनले आफ्नो कीभ प्रवेश गर्ने मुख्य तीन पुल उडाइदिएको छ । पुल उडाइदिएसँगै रुसी सेनालाई प्रवेश गर्न कठिन भएको छ । रुसी सेना कीभबाट ३२ किलोमिटर टाढा रहेको बताइएको छ ।

आत्मसमर्पण गर्न रुसी सेनाको चेतावनी

रुसले युक्रेनी सेनालाई आत्मसमर्पण गर्न चेतावनी दिएको छ । तर, युक्रेनले आत्मसमर्पण गर्न अस्वीकार गरिरहेको छ ।

यूक्रेनले आत्मसमर्पण गर्न अस्वीकार गरेसँगै रुसले राजधानी किभमा लगातार हवाई हमला गरेको छ । कीभको आवासीय क्षेत्रमा शुक्रबार मात्रै लगातार ६ वटा ठूला विष्फोट भएका थिए ।

वि.सं.२०७८ फागुन १३ शुक्रवार १४:११ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...