back
CTIZAN AD

बहुप्रतिच्छित फोर्स गुर्खाको बुकिङ्ग खुल्ला

वि.सं.२०७८ फागुन १३ शुक्रवार

876 

shares

१३ फागुन, काठमाडौँ । सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको बहुप्रतिच्छित फोर्स गुर्खा जिपको मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरिएको छ । भारतको बजारमा अत्याधिक रुचाईएको फोर्स गुर्खा लामो पर्खाई पछि नेपाली बजारमा उपलब्ध भएको छ ।

फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्र्तगत आयाम इन्टरकन्टिनेन्टल प्रा.ली ले फोर्स गुर्खा आयात तथा विक्री गर्दछ । विशेसत अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ ।

फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक (अगाडी र पछाडी दुबै एक्सलमा), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै वाटोमा पनि उपयुक्त रहेको छ । साथै वल्की डिजाईन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्शक एल ई डि हेडल्यम्प विथ डि आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग,एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्पिङ्ग सस्पेन्शन जस्ता आकर्शक फिचर रहेका छन ।

फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ । यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, ए.वि.एस्. ई.डि.वि. व्रेक र रिभर्स पार्किङ्ग सेन्सर जस्ता फिचर्स रहेका छन् । थ्री डोर डिजाईन र ४ सिट क्षमता भएको यस जिपमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस र ग्याङ्गवे रहेको छ । यस जिपमा ठुलो सिङ्गल विईन्डो रहेकोले आकर्शक दृश्यको अवलोकन गर्न सकिन्छ । यस जिपको सुरुवाती मुल्य रु ७८,९९,०००.००/– (अक्षरुपी अठहत्तर लाख उनान्सय हजार रुपैंया मात्र ) कायम गरेको छ । साथै यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ ।

वि.सं.२०७८ फागुन १३ शुक्रवार १४:०६ मा प्रकाशित

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...