back
CTIZAN AD

चिनियाँ विद्यार्थीलाई अमेरिकामा दुव्र्यवहार नगर्न चीनको आग्रह

वि.सं.२०७८ फागुन १३ शुक्रवार

846 

shares

बेइजिङ । चीनले संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरुलाई दुव्र्यवहार नगर्न अमेरिकालाई आग्रह गरेको छ । अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा पार्ने गरेको, देश निकाला गर्ने गरेको चीनको भनाई छ ।

त्यसैगरी चिनियाँ विद्यार्थीलाई चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य रहेको वा नरहेको बारेमा निरन्तर प्रश्न गर्ने गरिएको पनि चीनले आरोप लगाएको छ । कुनै पार्टीमा आवद्ध हुनु वा नहुनु उनीहरुको स्वतन्त्रताको विषय भएपनि अमेरिकाले त्यसमा संलग्न नहुन अप्रत्यक्ष रुपमा दवाव दिएको उनीहरुको भनाई छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हउ चुनीङले अमेरिकाको व्यवहारप्रति कडा रुपमा असन्तुष्टि जनाए । अमेरिकामा अन्य देशका विद्यार्थी र चिनियाँ विद्यार्थीका बीचमा विभेद भएको पनि उनले उल्लेख गरे ।

अमेरिकाको यस्तो प्रकारको व्यवहारलाई आफूहरुले गम्भीरतापूर्वक लिएको र आगामी दिनमा यस्तो नगर्न आग्रह गरिएको परराष्ट्र मन्त्रालयको भनाई छ । सिन्ह्वा

वि.सं.२०७८ फागुन १३ शुक्रवार २१:०० मा प्रकाशित

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

क्वालालम्पुर ।   वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४...

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

पेरिस । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, कुपोषणको समस्या...

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

टोकियो । प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनियाँ...