back
CTIZAN AD

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

वि.सं.२०७८ फागुन १७ मंगलवार

570 

shares

काठमाडौं । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ ।

फागुन १७ गते एक विज्ञप्ति जारी गर्दै निगमले भारतीय आयल निगमबाट पेट्रोलमा ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा र मट्टितेलले १० रुपैयाँ ३० पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३२ पैसा र एल पि ग्यासमा प्रति सिलिण्डर ९९ रुपैयाँ १७ पैसा बढेर आएको जनाएको हो । मूल्यवृद्धिसँगै निगमले आगामी १५ दिनमा करिब ३ अर्ब ९ करोड रुपैयाँ घाटा हुने स्थिति रहेको अनुमान गरेको छ ।

रसिया र युक्रेनबिचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप वृद्धि भइ उच्चतम विन्दुमा पुगेको निगमले जनाएको छ। कच्चा तेलको अमेरिकी डलर ९५ देखि १०५ प्रति ब्यारेल पुगेका कारण भारतबाट इन्धनको मूल्य बढेको निगमले उल्लेख गरेको छ ।

निगमले चालु आर्थिक वर्षमा २८ अर्ब नोक्सानी ब्यहोरी सकेको समेत जनाएको छ। यसअघि मूल्यवृद्धि गर्नुअघि पनि निगमले सूचना जारी गर्दै आफूहरु घाटामा रहेको जनाएको थियो ।

वि.सं.२०७८ फागुन १७ मंगलवार २१:२२ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

काठमाडौं । ICRA नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड...