विश्वमा सबैभन्दा धेरै गाँजाको वस्तु निर्यात गरेर कमाउने मुलुक अमेरिका, रसिया, चीन र भारत हुन् । अरूलाई वैध गर्नबाट रोक्ने षडयन्त्र गर्नेहरू पनि यिनै मुलुकहरू हुन् । यस्ता मुलुकको षडयन्त्र बुझेरै उरूग्वेले सन् २०१३ मा गाँजा वैध गरिदियो र अहिलेसम्म मजाले कमाएको छ । आजसम्म ७० देशले गाँजा वैध गरिसकेका छन् । तर, नेपालभित्रको षडयन्त्र फरक छ । नेपालबाट वर्षेनि ५० अर्बको गाँजा तस्करीबाट निर्यात हुने अनुमान छ । केही बाठा नेक्ससले तर मारिरहेका छन् अवैध भएर पनि ।
जनता र सरकारलाई सुको आम्दानी छैन, बरू वर्षेनी गाँजा प्रतिबन्धको व्यवस्थापन गर्न भनेर गरिबमाथि कर थोपरेर कमाएको सबा एक अर्ब रूपैयाँ जेल व्यवस्थापन र गाँजा फाँड्नमा खर्च गर्छ । त्यसमाथि वर्षेनी ५०/६० जना गरिबका छोरा प्राकृतिक जहाँतहीँ उम्रने गाँजाको भरिया बनेका युवालाई जेल कोच्छ । नेपालभरि प्राकृतिक महाअमृत झार गाँजा फाँड्दै जान वर्षेनी जति खर्च गरे पनि पुग्ने छैन । कुन मुर्खको लहलहैमा लागेर नेपालीहरूको बुद्धि भुटियो र आज साढे ४ दशकदेखि गाँजा फाडेको नाटक गरेर अलिअलि गोजी भर्ने र गरिब युवाहरूलाई जेलमा कोच्ने रोगी मुलुक बन्न पुग्यो । अहिले विश्वका ७० मुलुकले गाँजा वैध गरिसके, कमाउनु कमाई सके । नेपाल भने विदेशमा लाखौँ युवा बेचेर कमाएको पैसाले नेता र कर्मचारी पाल्न पाएको छ । अहिले नै गाँजा वैध हुने हो भने नेपालले सन् २०८२ सम्ममा १७० अर्ब डलर कमाई सक्ने अध्ययनले देखाएको छ । यो रकम कति हो, नेपालीले सपनामा पनि चिताउन नसक्ने र गन्नै नसक्ने परिमाणको हुन्छ । स्पेनमा १ ग्राम गाँजाको ७ युरोदेखि १० युरोसम्म पर्छ अर्थात् १ के जी को ७ हजार युरोदेखि १० हजार युरो पर्छ । नेपालीमा मूल्य १० लाखदेखि १५ लाख रूपैयाँसम्म ।
गाँजाको गेडा पौष्टिक आहार हो, त्यसले नसा लाग्दैन । मजाले पिठो वा रोटी पकाएर खायो भने भात, गहुँको भन्दा बढी ताकत दिन्छ । गाँजाको पौष्टिक आहार खाने गर्दा भने रोग लाग्दैन, दिमाग तेज हुन्छ, त्यसमाथि लामो आयु हुन्छ । नेपालमा पनि गाँजा प्रति किलो १३ हजार पर्छ ।
नेपालका अन्य कुन अन्न वा फलफुल वा तरकारी होला यति मूल्यवान ? १० रूपैयाँ किलोमा बेच्न पनि धौधौं पर्ने तरकारी लगाएरै गरिब भइरहने कि, अलिकति भए पनि गाँजा रोपेर प्रतिकिलो १३ हजारमा बेच्न पाउने खेती पनि गर्ने ? १३०० गुणा बढी आम्दानी हुने खेतीतिर पनि लाग्ने कि गरीबीबाट कहिल्यै नतंग्रिने खेतीमा नै रूमल्लिने ? नेपालमा गाँजालाई वैध गर्न संसदमा पेश गरिएको विधेयकका लक्ष्य गाँजाबाट औषधि र औद्योगिक सामाग्रीहरूको उत्पादन गर्ने, खेती र व्यवसाय गर्ने गरी वैध बनाउनका लागि हो ।
गाँजाबाट आयुर्वेदमा सयौँ औषधि बन्छन् । होमिओपेथीमा पनि दुईवटा प्रमूख औषधि बनाईन्छ । एलोप्याथीमा पनि थुप्रै औषधि बनाईएका छन्, यसमा उन्नाईसौं शताब्दीसम्म १०० वटा मुख्य औषधि गाँजाबाट बनेका पाईन्थे । नेपालमा जहाँतहीँ आफै फल्ने यसो सबैले देख्ने ठाउँमा वा कसैले सूचना दिएको अवस्थामा बाहेक कसैलाई गाँजासँग मतलब पनि हुँदैन । गाँजाको फुल वा चरेश बनाएर पुलिसबाट जोगिदै वा जोगाउदै तस्करसम्म पुर्याउने काम गरेर गाउँका युवा किसानहरूले पेट पालिरहेका हुन्छन् ।
जहाँतही पसलमा गएर जसले पायो उसले किनेर खाने पिउने, खाने वा जसले पनि गाँजा खेती गर्न पाउनका लागि हैन । खेती व्यावसाय गर्न, उत्पादन गर्न, निर्यात गर्न, सरकारी निकायबाट अनुमति लिनुपर्ने र त्यसका आधारहरू कानुनमा प्रष्ट लेखिएबमोजिम हुने हो ।
अहिलेको चरणमा गाँजा खुला गर्ने वा खानका लागि वैध गरिने हैन । गाँजा खाने वा बजारमा खुला बेच्ने काम अवैध नै मानिने गरी विधेयक प्रस्तुत गरिएको छ । नेपालमा असार/साउन गाँजा पाक्ने बेला हो । कहिले असार आउला, गाँजा फाँड्न पाउँला, कुस्त भत्ता र अन्य सुबिधा कुम्ल्याउँला र पचाउँला भन्ने ताकमा देशभरिका प्रहरी, स्थानीय नेताहरू र क्लबहरूका युवाहरू दिन गनेर कुर्दै बसेका हुन्छन् । गाँजा उम्रने बेलामा नै मास्ने हो भने यतिका नाटक गर्नेहरूको गोजी कसरी भरिन्थ्यो त ? कसले बुझेको छैन छाल गनेर पैसा कुम्ल्याउन पल्केका नेपाली नेताहरू, युवाहरू, प्रहरीहरू र कर्मचारीहरूको तिगडमबाजी । यो फाँड्ने नाटक गरिएको पनि नेपालमा हुर्केकामध्ये १ प्रतिशत गाँजाको पनि हैन । मुलुकभरि जति गाँजा फल्छ, त्यसको १ प्रतिशत पनि पुलिसले फाँडेका हुँदैनन् । पुलिस, प्रशासन, नेता र स्थानीय युवा सबैले गाँजाबाट अवैध आम्दानी गरिरहेका हुन्छन् । सबैले बुझ्नुपर्छ, गाँजाबाट नबन्ने कुनै वस्तु हुँदैन ।
हाम्रो शरीरभित्र गाँजा प्रणाली हुन्छ, गाँजा नखाए पनि । आमाको दूधमा गाँजा तत्व हुन्छ । लामो समय दूध खुवाउने आमा र लामो समय आमाको दूध खान पाएको बच्चा मानसिक र शारिरीक रूपमा जीवनभरि स्वस्थ रहनुको कारण यही गाँजा तत्व पर्याप्त खान र खुवाउन पाएर हो । बच्चालाई जति धेरै दूध खुवायो त्यति धेरै शरीरले गाँजा उत्पादन गर्ने हुनाले आमा पनि बढी स्वस्थ हुने भएको हो । हाम्रो शरीरभित्र जति तत्व छन् लगभग त्यति नै तत्व भएको कुनै वनस्पति छ भने त्यो गाँजा हो ।
गाँजाबाट आयुर्वेदमा सयौँ औषधि बन्छन् । होमिओपेथीमा पनि दुईवटा प्रमूख औषधि बनाईन्छ । एलोप्याथीमा पनि थुप्रै औषधि बनाईएका छन्, यसमा उन्नाईसौं शताब्दीसम्म १०० वटा मुख्य औषधि गाँजाबाट बनेका पाईन्थे । नेपालमा जहाँतहीँ आफै फल्ने यसो सबैले देख्ने ठाउँमा वा कसैले सूचना दिएको अवस्थामा बाहेक कसैलाई गाँजासँग मतलब पनि हुँदैन । गाँजाको फुल वा चरेश बनाएर पुलिसबाट जोगिदै वा जोगाउदै तस्करसम्म पुर्याउने काम गरेर गाउँका युवा किसानहरूले पेट पालिरहेका हुन्छन् ।
गाउँका पुलिसहरूलाई सबै थाहा हुन्छ र ती अधिकांश उदार पनि हुन्छन्, त्यसैले बुझेरै पक्रन चासो पनि दिँदैनन् । दलीय प्रतिद्वन्दीताका कारण कोही कोही गाँजा लुकाएको आरोपमा पक्राउ पर्छन् वा पक्राउ गर्न बाध्य हुनुपर्छ र दुःख पाउने गर्छन् । पहुँच भएकाहरू पछि छुटाइन्छन् पनि । गरिब, कमजोर, सोझा साझाहरू भने जेलमा कोचिन बाध्य हुन्छन् । त्यसैले ईश्वरले गरिखाउ भनेर नेपालीलाई बरदान दिएको प्राकृतिक झार गाँजालाई अवैध गरेर जनता पक्राउ गर्दै थुनाउने र परिवारलाई पेट पाल्नबाट बन्चित गर्ने काम महापाप हो । गाँजासँग दुस्मनी गर्नु आफ्नो खुट्टामा आफै बञ्चरो हानेको हो । त्यसैले गाँजालाई निरपराधिकरण गरियोस्, गाँजालाई वैध गरियोस् ।
(लेखक उपाध्याय नेपाल सरकारका पूर्वसचिव हुन् ।)
वि.सं.२०७८ फागुन १७ मंगलवार २१:२९ मा प्रकाशित






























