back
CTIZAN AD

शनिबारदेखि बालुवाटार प्यालेसमा स्प्रिङ फिस्ट २०२२ हुने

वि.सं.२०७८ फागुन १९ बिहीवार

708 

shares

काठमाडौं ।  बालुवाटारमा रहेको बालुवाटार इभेन्ट प्यालेसले स्प्रिङ फिस्ट २०२२ सन्चालन गर्ने भएको छ ।
यहि फागुन २१ गते शनिबार अर्थात ५ मार्च २०२२ मा उक्त इभेन्टको आयोजना गर्न लागिएको प्यालेसका सञ्चालक तथा फिस्टका आयोजकले बताएका छन् ।

कार्यक्रममा ३५ स्टल रहने छन् । स्टलमा साना व्यवसाय सन्चालन गर्ने विभिन्न किसिमका व्यवसायीहरुले भाग लिने आयोजकले जनाएको छ ।

जसमा प्रायजसो अनलाइन मार्फत व्यवसाय गर्ने सबै प्रकारका व्यवसायीहरु रहनेछन् । यसका अलवा बालबालिकाहरुका लागि खेलकुद र फेसपेन्टको पनि स्टल राखिएको इभेन्टलाई आकर्षक बनाउने तयारी भएको आयोजकले जनाएको छ ।

यो कार्यक्रमले जाडो याम समाप्ति संगै वसन्त ऋतुको आगमन हुँदै गर्दा स्टक रहेका साना व्यवसायीहरुलाई स्टक क्लियर गर्न तथा आफ्नो व्यवसायलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ । कार्यक्रममार्फत व्यवसायीहरुले आफ्नो व्यवसायको थप बजार विस्तार गर्ने र ग्राहकहरुले शनिवारको दिनमा विभिन्न प्रकारका नयाँ व्यवसाय तथा उत्पादनहरुसँग एकैदिन साक्षात्कार गरेर रिफ्रेस हुन सक्नेछन् ।

No description available.

दुई वर्षअघि २०७६ मंसिरमा ६ जना यूवाहरुको समुह मिलेर सन्चालनमा ल्याएको बालुवाटार प्यालेस करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । स्थापनासंगै सो प्यालेसले कोरोना महामारीको चपेटामा परेको व्यवसायलाइ बचाउनको लागि नेपालमै पहिलो पटक ड्राइभ थ्रु मार्फत टेक अ वे एण्ड डेलिभरी सर्भिस सन्चालन गरेको थियो ।

२०० जनासम्म अट्ने मिटीङ हल, सेमिनार, टेक अ वे सेवा, सामाजिक, व्यवसायीक तथा विभिन्न प्रदर्शनी गर्न सकिने यो प्यमलेको क्षमता ५ हजारको रहेको छ, यसका साथै एक सय कार र २५० मोटरसाइकल पार्किङ गर्न मिल्नेठाउँ रहेको छ । नेपाली, चाइनिज, इण्डियन लगायत ग्राहकहरुको अर्डरअनुसार खानेकुराहरुको व्यवस्था गर्ने विशेषता सहित ठुलो ओपस स्पेशको भिन्नै विशेषता प्यालेसमा रहेको छ ।

वि.सं.२०७८ फागुन १९ बिहीवार २१:०४ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

काठमाडौं । ICRA नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड...