back
CTIZAN AD

सिटिजन लाइफको साधारणसभा चैत ११ गते हुने

वि.सं.२०७८ फागुन १९ बिहीवार

690 

shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चैत ११ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले भर्चुअल माध्यमबाट छाँयादेवी कम्प्लेक्समा दिउसो तीन बजे साधारणसभा आयोजना गर्नेभएको हो ।

सभाले सर्वसाधारण सेयर सार्वजनिक निष्काशन गर्ने सामान्य प्रस्ताव साधारणसभामा पेश गर्नेभएको छ । कम्पनीले यस भन्दा अगाडि नै आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।

त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाव, इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७७/७८ को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको नियमावलीको नियम २७, २९ र ३१ मा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समावेश गर्नको लागि सञ्चालक समितिको अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७६\७७ मा संस्थागत सामानजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना कोषमा कम्पनीको तर्फबाट गरिएको आर्थिक सहायता वापतको ७ लाख ५० हजार रुपैयाँ अनुमोनको लागि पेश गि

वि.सं.२०७८ फागुन १९ बिहीवार २१:०१ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

काठमाडौं । ICRA नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड...