back
CTIZAN AD

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११६ अमेरिकी डलर पुग्यो, उकालोतर्फ निगमको घाटा

वि.सं.२०७८ फागुन १९ बिहीवार

690 

shares

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धको प्रभाव कच्चा पेट्रोलियम तेलमा परेको छ । विश्वको दोस्रो ठूलो निर्यातकर्ता मुलुक रुस र युक्रेनको बीचमा युद्ध भएपछि पेट्रोलियम पदार्थको मूल्यले निरन्तर उचाई हासिल गरेको हो । फागुन १९ गते कच्चा तेलको मूल्य प्रतिब्यारेल ११६.२० अमेरिकी डलर पुग्यो । जबकी एक साताअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल ९२ अमेरिकी डलर आसपासमा बिक्री भइरहेको थियो । फागुन १९ गते एकै दिन कच्चा तेलको मूल्य ३.२७ प्रतिशतले उकालो लागेको हो ।

आयल निगमको घाटा उकालोतर्फ
नेपाल आयल निगमले अहिले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ५२ पैसा, डिजल र मट्टितेलमा प्रतिलिटर क्रमशः १६ रुपैयाँ ८ पैसा र १४ रुपैयाँ ६९ पैसा घाटा व्योरिरहेको छ । त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनमा १४ रुपैयाँ ४१ पैसा र बाह्य हवाई इन्धनतर्फ प्रतिलिटर ४८ रुपैयाँ ४४ पैसा र एलपी ग्याँसमा प्रतिसिलिण्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा निगमले सहँदै आएको घाटा अझै बढ्दै जाने देखिन्छ । यस अगाडि पनि निगमले घाटा पूर्ती गर्नका लागि बचतमा भएको, सञ्चिती रकम तथा मूल्य स्थिरिकरण कोषमा भएको रकम खर्च पनि गरिसकेको छ । अब बढ्दो घाटा पुर्तीका लागि निगमले मुल्यवृद्धि वा अन्य विकल्प अपनाउनुपर्ने देखिन्छ ।

वि.सं.२०७८ फागुन १९ बिहीवार २०:५९ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

काठमाडौं । ICRA नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड...