काठमाडौं । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि मतदाता नामावलीमा दावी विरोध गर्न आव्हान गरेको छ ।
आयोगका अनुसार ७७ वटै जिल्लामा रहेका निर्वाचन कार्यालयमा पुगि आज (फागुन २०) देखि ७ दिन (फागुन २६ गते) भित्रमा दावी विरोधका लागि निवेदन दिन सकिनेछ ।
मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिने, उजुरी परेका मतदातालाई प्रमाणसहित सफाईको मौका दिने जस्ता क्रियाकलाप आजदेखि २६ फागुनसम गर्न सकिने बताइएको छ ।
‘यस प्रयोजनका लागि मतदाता नामावली सम्बन्ध्ीत पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेवसाइटमा हेर्न सकिन्छ ।’ आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलद्धारा जारी सूचनामा उल्लेखछ ।
निर्वाचनका लागि ८ अर्ब बजेट
स्थानीयतहको निर्वाचन संचालन तथा व्यवस्थापनका लागि लागि अर्थमन्त्रालयले ८ अर्ब ११ करोड बजेट सुनिश्चित गरेको पनि प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।
त्यसैगरी आयोगले निर्वाचनमा भागलिने दलको नामावली फागुन २६ गते प्रकाशन गरिने जनाएको छ । निर्वाचनमा भाग लिनका लागि नाम दर्ताको निवेदन दिएका ८० वटा दलको निवेदन सम्बन्धमा जाँच बुझ भइरहेको पनि आयोगले जनाएको छ ।
त्यसैगरी निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको नामावली सम्बन्धीत निकायबाट प्राप्त भइसकेको र ती नामावलीका बारेमा अध्ययन भइरहेको पनि आयोगले जानकारी दिएको छ।
वि.सं.२०७८ फागुन २० शुक्रवार ०८:२४ मा प्रकाशित





























