back
CTIZAN AD

रूसद्धारा युक्रेनका दुई सहरमा अस्थायी युद्ध विराम घोषणा, संयुक्त राष्ट्र

वि.सं.२०७८ फागुन २१ शनिवार

858 

shares

मस्को । युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्ध विरामको घोषणा गरेको छ ।

रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको जनाएको हो ।

ती सहरमा रहेकालाई सहर छोडेर जाने मौका दिनका लागि अस्थायी युद्ध विराम गरिएको मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

रक्षा मन्त्रालयले युद्ध विराम घोषणा गरेसँगै रुसी सेनाले ती सहरमा सबै कारबाही रोकेको अधिकारीहरूले जनाएका छन् ।

युक्रेनलाई आफ्नो नियन्त्रणमा लिनका लागि आक्रमण गरिरहेको रुसले धेरै मानवीय क्षति हुन नदिनका लागि यस्तो रणनीति लिएको देखिएको छ ।

‘आज मार्च ५ तारिखको बिहान १० बजेदेखि युद्ध विराम लागु हुने छ, ती सहरमा रहेकाहरूलाई सहर छोड्न अनुरोध गर्दछौँ, मानवीय क्षति कम होस भन्ने उद्देश्यले अस्थायी युद्ध विराम गरिएको हो,’ मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
रुसी सेनाले गत फेब्रअरी २४ देखि युक्रेनमा कारबाही सुरु गरेको हो । अहिलेसम्म ठूलो जनधनको क्षति भइसकेको छ भने विश्वभरबाट रुसको आलोचना भएको छ ।

मारीओपोल सहरका मेयर भादिम बोयचेन्कोले रुसी सेनाद्वारा सहर नै बन्धक बनाइएकाले मानवीय सहायताको आवश्यकता रहेको भन्दै अपिल गरेपछि रुसले अस्थायी युद्ध विराम घोषणा गरेको हो । एएफपी

 

वि.सं.२०७८ फागुन २१ शनिवार १८:२६ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...