काठमाडौं । नेपालमा आज ९१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ६ हजार २२० नमुना परीक्षणमा ९१ जना कोरोना संक्रमित थपिएका हुन् ।
आज थपिएका ९१ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ६५२ पुगेको छ । ती मध्ये आज निको भएका ३६२ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५८ हजार ५५१ पुगेको छ ।
त्यसैगरी आज कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य रहेको छ ।
नेपालमा हाल ६ हजार ९४७ जना कोरोनाका सक्रिय संक्रमित रहेकामा ६ हजार ८१६ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा १३१ रहेका छन् । साथै ५३ जना आइसीयु र ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यसैगरी नेपालमा थप २ लाख ८६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
यो संगै नेपालमा हालसम्म ३ करोड ७६ लाख ८२ हजार ८९० मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।
वि.सं.२०७८ फागुन २१ शनिवार १८:११ मा प्रकाशित





























