back
CTIZAN AD

बराबर मत ल्याएपछि आलोपालोमा क्षेत्रीय सभापति बन्ने सहमति

वि.सं.२०७८ फागुन २२ आइतवार

717 

shares

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उम्मेदवारले दुई–दुई वर्ष सभापति बन्ने सहमति गरेका छन् ।

कांग्रेस नवलपुरका जिल्ला सभापति महेन्द्रध्वज जिसीका अनुसार जगत कार्की पहिलो दुई वर्ष तथा सूर्य गुरुङ पछिल्लो दुई वर्ष सभापति बन्ने सहमति भएको हो । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तीन महिनाअघि भएको क्षेत्रीय सभापतिको निर्वाचनमा दुवै उम्मेदवारले बराबर मत ल्याएका थिए । मत बराबरी भएपछि गोलाप्रथा गर्न उम्मेदवारहरू राजी नहुँदा नवलपुर–२ मा कांग्रेस सभापतिको टुङ्गो लाग्न सकेको थिएन ।

मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार गुरुङ र कार्कीले समान ३९४ मत प्राप्त गरेका थिए । मत बराबर भएपछि गोला प्रथा गर्ने वा पुनः मतदान गर्ने वा पुनः मतगणना गर्ने वा बदर मतको आधारलाई कुन मान्ने भन्ने विषय टुङ्गोमा पुग्न सकेको थिएन । दुवै पक्षबीचको छलफलपछि दुइ–दुई वर्ष कार्यकाल विभाजन गर्ने सहमति भएको जिसीले जानकारी दिए ।

यसैबीच नेपाली कांग्रेस नवलपुरको सहमति नभएका पदमा आज मतदान हुने भएको छ । सहमति नभएका पदमा अहिले बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरू गरिएको निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिए । यसअघि जिल्ला सभापतिमा महेन्द्रध्वज जिसी निर्विरोध चयन भएका छन ।

त्यस्तै नवलपुर क्षेत्र नं १ को महासमिति सदस्य खुलातर्फ पाँच जना निर्विरोध चयन भएका छन । निर्विरोध निर्वाचित हुनेमा ओमप्रसाद सापकोटा, गजेन्द्रबहादुर आले, मदनभक्त अधिकारी, गणेश सापकोटा र गोकुल सापकोटा रहेका छन् । त्यस्तै खसआर्यतर्फ भरत तिवारी सर्वसम्मत निर्वाचित भएका छन् । अन्य पदका लागि मतदान हुँदैछ । मतदान प्रक्रियामा जिल्लाका कूल एक हजार ९७२ मतदाताले मतदान गर्नेछन् ।

 

वि.सं.२०७८ फागुन २२ आइतवार १२:३७ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...