back
CTIZAN AD

कास्की आदर्श समाज कतारको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

वि.सं.२०७८ फागुन २२ आइतवार

1.1K 

shares

दोहा, कतार । कास्की आदर्श समाज कतारको आयोजनामा रमाइलो बनभोज एवं बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

‘कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना’ भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको सस्थाले शुक्रबार कतारको सहानिया स्थित अलदोसरी पार्कमा विभिन्न सास्कृतिक प्रस्तुति सहित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्दे गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कास्की आदर्श समाजले प्रवासमा नेपालको कला र संस्कृतिको सरक्षण गर्न महत्वपूर्ण भुमिका खेलेको बताए ।

No description available.

एनआरएनए कतारले पनि प्रवास रहेर श्रमिक मुखी कार्यक्रम संगै नेपाली कला र संस्कृतिको संरक्षण गर्दे आएको बताए ।

मुसलमानले पछिल्लो समय सामाजिक संजाल प्रयोगकर्ताले अन्जानमा वा हेलचक्राईले कानुन बिपरितका गतिविधि गर्ने गरेको भन्दै कतारको कानुनलाई सम्मान गर्न आग्रह गरे ।

उनले एनआरएनए कतारले सामाजिक संजाल प्रयोगकर्तालाई लक्षित गरि जनचेतना मुलक कार्यक्रम गर्दै जाने बताए ।

कार्यक्रममा कास्की आदर्श समाज कतारका संरक्षक बिमल सुवेदी, सल्लाहकार प्रकाश विश्वकर्मा, प्रवासी नेपाली मञ्च कतारका महासचिव प्रभात त्रिपाठी, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री केदार भुसाल, नेपाली जनप्रगतिशिल मञ्च कतारका वरिष्ठ उपाध्यक्ष राजेन्द्र देवकोटा, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरी गैरे, नेपाली समाज कतारका उपाध्यक्ष प्रकाश आले मगरले शुभकामना राखेका थिए ।

 

त्यसैगरी नेपाल पत्रकार महासङ्ग कतार शाखाका अध्यक्ष करिमवक्स मिया, नेपाली महिला समाज कतारका वरिष्ठ उपाध्यक्ष माया केसी, दलित एकता संजाल कतारका अध्यक्ष किरण परियार, गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठ, लुम्बिनी प्रदेश समन्वय परिषद कतारका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार परियार, समाजसेवी क्रान्ति सिंह, पर्वत समाज कतारका अध्यक्ष श्याम न्यौपाने, गोरखा सेवा समाज कतारका अध्यक्ष रामजी खत्री, स्याङ्जा सहयोग समाजका प्रथम उपाध्यक्ष सुर्य अर्याल लगायतले पनि शुभकामना मन्तव्य र राखेका थिए ।

No description available.

सो अवसरमा कास्की आदर्श समाज आवद्ध भै अन्य विभिन्न संस्थामा निर्वाचित÷मनोनीत भएका कस्केली तथा एनआरएनए एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान लगायत विभिन्न सामाजिक ब्याक्तित्वलाई सम्मान गरिएको थियो ।

कास्की आदर्श समाज कतारका अध्यक्ष बिक्की बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष अग्निधर देवकोटाले गरेका थिए भने कार्यक्रमको सन्चालन सचिव अमृत बिश्वकर्मा र सह–सचिव सन्तोष तिमिल्सिनाले गरेका थिए ।

वि.सं.२०७८ फागुन २२ आइतवार १२:१८ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...