back
CTIZAN AD

बुद्धिजीवी संगठनका गतिबिधि तिव्र पारिदै,चुनाव अगावै राष्ट्रिय सम्मेलन हुने

वि.सं.२०७८ फागुन २२ आइतवार

849 

shares

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले आफना गतिबिधि तिव्र बनाएको छ । सो संगठनका अनुसार संगठनले स्थानीय निर्वाचन अगावै राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

१ नम्बरमा प्रदेश बैठक
नेपाल बुद्धिजीवी संगठनका १ नम्बर प्रदेश उपाध्यक्ष पशुपति नेपालका अनुसार नेपाल बुद्धिजीवी संगठन एक नम्बर प्रदेशको बैठक निकै उत्साहजनक र सौह्रार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

No description available.

संगठनका केन्द्रीय कार्यालय सदस्य रमेश गुरागाईँको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र सुनसरीका सहईन्चार्ज अइन्द्र कुमार बेघाको बिशिष्ट आतिथ्यता, अध्यक्ष राधिका ओझाको अध्यक्षता र उपाध्यक्ष पशुपति नेपालको संचालनमा सम्पन्न बैठकले सांगठनिक तथा अन्य महत्वपूर्ण एजेन्डाहरुमा विस्तृत छलफल र निर्णय गरेको छ ।

बैठकले प्रदेशको पूर्णताका लागि सबै जिल्लामा समन्वय बढाउने, आगामी राष्ट्रिय सम्मेलनमा २८ संघीय निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गराउने, आगामी चैत्र १२ गते समसामयिक विषयमा प्रदेश स्तरिय अन्तरक्रियात्मक कार्यक्रम संचालन गर्ने समेत निर्णय गरीएको छ ।

प्रदेश २ को सिराहामा नगर सम्मेलन सम्पन्न भएको छ । सिराहाको गोलबजारमा संगठनका पूर्वउपाध्यक्ष नन्द कुमार थापा, बिन्देश्वर महतो, आयोजक सदस्य प्रदिप शाह तथा जिल्ला एवं नगर पार्टीका नेताहरुको उपस्थितिमा भब्यतापूर्वक सम्पन्न भएको छ । सम्मेलनले भोगेन्द्र यादवको अध्यक्षतामा नगर समिति निर्वाचित गरेको छ ।

No description available.

यसैगरी सिराहाको धनगढीमाइ नगरपालिकामा नेकपा ( माओवादी केन्द्र ) का केन्द्रीय सदस्य हरीनारायण चौधरीको प्रमुख आतिथ्यता र प्रदिप शाहको आतिथ्यतामा सम्पन्न सम्मेलनले व्रहमदेव रामको अध्यक्षतामा समिति गठन गरिएको प्रदिप शाहले जनाएका छन् ।

No description available.

यसैगरी सुदूरपश्चिम प्रदेशको कैलाली र कंचनपुरका पालिकाहरुमा भेला सम्मेलन अघि बढेका छन । सो संगठनको आयोजक सदस्य बसन्त बागचन्दका अनुसार नेपाल बुद्धीजीबी संगठनले कंचनपुरको भिमदत्त नगरपालिकामा नगरसमिति तथा कैलालीको कैलारी गाउँपालिकामा नेपाल बुद्धीजीबी संगठनको गाउपालिका समिति निर्माण भएको छ ।

No description available.

काठमाण्डौमा बैठक अभियान
नेपाल बुद्धिजीवी संगठनको बाग्मति प्रदेश अन्तर्गत सिन्धुली जिल्लाका ९ वटै पालिकामा फागुन ७ गते पालिका सम्मेलन सम्पन्न भएका छन् । संगठनका बाग्मति प्रदेश सचिव भरत गौतमका अनुसार एमसीसीमा ब्याख्यात्मक घोषणापछिको अवस्था, संगठानिक गतिबिधि र निर्वाचनको तयारीमा बुद्धिजीवीहरुको भूमिका लाई लिएर बैठक अभियान अघि बढाइएको हो ।

काठमाण्डौको तारकेश्वरमा सो संगठनले बैठक सम्पन्न गरेको छ अध्यक्ष इश्वरी प्रसाद घिमिरेको अध्यक्षता र निलकण्ठ तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो बैठकमा बिशेष अतिथि भरत गौतम धनलाल महर्जन र राम कुमार थापा लगायतले बर्तमान परीस्थितीमा बौद्धिक बर्गको भूमीका बारेमा धारणा राखेका थिए । सो बैठकको सञ्चालन हेम कोइरालाले गरेका थिए ।

यसैगरी चन्द्रागिरि बैठकको अध्यक्षता चन्द्रराज अधिकारी र प्रमुख आतिथ्यता कृष्ण कोपिलाबाट भएको थियो भने, विशेष अतिथि भरत गौतम र देवकृष्ण महर्जन (माओवादी केन्द्र चन्द्रागिरि अध्यक्ष) लगायतले एमसीसी पछिको घटनाक्रम र बुद्धिजीवीको अभिभारा बारे मंतब्य राखिएको थियो ।

यसैगरी माधव प्रसाद आचार्यले अध्यक्षता गरेको बुढानिलकण्ठ बैठकमा प्रमुख अतिथि निलकण्ठ तिवारी,विशेष अतिथि भरत गौतम, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष भाइ नारायण श्रेष्ठ लगायत अन्य सहभागीले धारणा राखेका थिए भने सञ्चालन सचिव कृष्ण दाहालले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तिवारीले एक टोल कम्तिमा एक बुद्धिजीवीको खोजी गर्न र एक वार्ड एक समिति बनाएर चुनावी अभियानमा सहभागी हुन अनुरोध गरेका थिए ।

यसैगरी गोकर्णेश्वरको बैठक उपाध्यक्षद्वय हरिप्रसाद पुडासैनी र रविन्द्र उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि भरत शर्मा, विशेष अतिथि भरत गौतम र ज्ञान बहादुर तामाङले अहिलेको अवस्थामा बुद्धिजीवीहरु झन शसक्त हुनुपर्ने निर्देशन दिएका थिए । बैठकको सञ्चालन सचिब हरेराम फुयालले गरेका थिए ।

भरतपुरमा वडा समिति गठन
चितवनको भरतपुर महानगरपालिका वडा नं ११ का माओवादी केन्द्र समर्थित बुद्धिजीवीहरूको भेलाले प्रा टीकाराम देवकोटा अध्यक्ष तथा उपाध्यक्ष रामप्रसाद पराजुली र गीता चापागाईंको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ । सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता द्रोण बाबू शिवाकोटी प्रमुख अतिथि र विषेश अतिथि सुमन सापकोटा रहेका थिए ।

No description available.

 

 

वि.सं.२०७८ फागुन २२ आइतवार १३:२७ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...