back
CTIZAN AD

चार ज्येष्ठ नागरिकद्वारा विद्यालयलाई रु तीन लाख ७० हजार सहयोग

वि.सं.२०७८ फागुन २२ आइतवार

546 

shares

म्याग्दी । मालिका गाउँपालिका-४ च्युरीबोटमा रहेको सिद्धार्थ माविलाई चार ज्येष्ठ नागरिकले शनिबार रु तीन लाख ७० हजार सहयोग गरेका छन् ।

च्युरीबोटमा जन्मिएर हाल बेलायत बस्दै आएका नरबहादुर पुन, उनकी श्रीमती धनमाया, पोखरा बस्ने तनमाया पुनले रु एक/एक लाख र च्युरीबोटकी लालसरी घर्तीले रु ७० हजार सहयोग गरेका छन् । नरबहादुर, धनमाया र तनमायाले चौरासी वर्ष पुगेका अवसरमा विद्यालयमा स्थापित सिद्धार्थ अक्षयकोषलाई रकम उपलब्ध गराएका हुन् ।

तनमायाले दिवङ्गत श्रीमान् हिमप्रकाश घर्ती (पुन)को स्मृतिमा सहयोग गरेका हुन । हिमप्रकाशको गत वर्ष दुर्घटनामा ज्यान गएको थियो । उनीहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, प्रअ ललितबहादुर घर्ती र सिद्धार्थ मावि अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गरे । चौरासी वर्ष पुगेको खुसियाली मनाउने फजुल खर्च बचाएर आफ्नो जन्मथलोमा विद्यालय सञ्चालन गर्न स्थापित अक्षयकोषमा सहयोग गरेको नरबहादुरले बताए । नरबहादुरका दम्पत्तिले यसअघि अक्षयकोषमा रु २५ हजार सहयोग गरेका थिए ।

कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा तीन निजी स्रोतका शिक्षक छन् । विद्यालयमा एक सय ६८ विद्यार्थी छन् । निजी स्रोतबाट मावि सञ्चालन गरिएको हो । विद्यालयले सहयोगदातालाई सम्मान गरेको थियो ।

वि.सं.२०७८ फागुन २२ आइतवार १३:२२ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...