back
CTIZAN AD

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सहकारीहरुलाई कुप कार्ड जारी गर्ने सम्झौतामा हस्ताक्षर

वि.सं.२०७८ फागुन २३ सोमवार

798 

shares

२३ फागुन, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको कुप कार्ड जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागार्इंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

बढदै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्ये नजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा कुप कार्ड जारी गर्न लागिएको हो ।

ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत यसका सदस्य सहकारीहरुले कुप कार्ड जारी गर्नेछन । यसका लागि एससिटीले चाइना युनियन पेसँग सहकार्य गर्दै आएको छ ।

सहकारीका सबै सदस्यलाई सेवा पु¥याउदै यसलाई अझ बढि प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कुप कार्ड जारी गर्न लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतका एटिएम पिओएस मार्फत सहजै चलाउन सकिनेछ । यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कुप कार्ड जारी गर्न सक्नेछन ।

यस सुविधाले सदस्यहरुको सहकारी प्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र बित्तीय सेवा २४घण्टा उपलब्ध हुनेछ । यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोवारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोवारको लागि बैंकसम्म गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरुको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ ।

 

वि.सं.२०७८ फागुन २३ सोमवार ११:४१ मा प्रकाशित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ  । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...