back
CTIZAN AD

जैविक विवरणसहितको राहदानी वितरण सुरु, दैनिक १० फाराम लिने

वि.सं.२०७८ फागुन २३ सोमवार

612 

shares

बलेवा । जिल्लामै पहिलो पटक जैविक विवरणसहितको राहदानी वितरण सुरु भएको छ । बागलुङमा विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण सुरु गरिएको हो ।
आइतबार एक युवालाई विद्युतीय राहदानी हस्तान्तरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरणको शुभारम्भ गरेको हो ।

सरकारले ‘मेसिन रिडेवल पासपोर्ट’(एमआरपी) विस्थापित गरी व्यक्तिको जैविक विवरणसहितको पासपोर्ट लागू गरेपछि पहिलो पटक विद्युतीय राहदानी वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले बताए ।

जिल्ला प्रशासनले माघ २८ गतेदेखि जिल्लामा विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको फाराम सङ्कलन सुरु गरेको थियो । पासपोर्टको फाराम एकीकृत गरी पठाएको १५ दिनमा तयारी पासपोर्ट जिल्लामा प्राप्त भएको प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिए ।

यसअघि सामान्य एमआरपी पासपोर्ट प्राप्त हुने न्यूनतम एक महिनाको समय लाग्थ्यो । ई-पासपोर्ट १५ दिनमै तयार भएको छ । प्रशासन कार्यालयले व्यक्तिको जैविक विवरण कार्यालयभित्र नै लिने गरेको छ । व्यक्तिगत विवरणका लागि व्यक्तिले अनलाइनमार्फत फाराम भर्नसक्ने प्रशासकीय अधिकृत विश्वकर्माको भनाइ छ ।

सरकारले विद्युतीय राहदानी कार्यान्वयनका लागि गत मङ्सिर १ गतेदेखि एमआरपी फाराम सङ्कलन बन्द गरेको थियो । एमआरपीको म्याद भएको समयसम्म सोही पासपोर्टको काम गर्छ । प्रशासनले दैनिक १० फाराम लिने गरेको छ ।

 

वि.सं.२०७८ फागुन २३ सोमवार १२:१८ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...