back
CTIZAN AD

बिहानदेखि सुरु हुने भनिएको कांग्रेसको निर्वाचन दिउँसो स्थगित

वि.सं.२०७८ फागुन २३ सोमवार

816 

shares

सर्लाही । बिहानदेखि सुरु हुने भनिएको नेपाली कांग्रेसको निर्वाचन दिउँसो  स्थगित गरिएको छ । कांग्रेस सर्लाहीको निर्वाचन आज बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ः१५ बजे सूचना टाँसेर स्थगित गरिएको हो ।

आन्तरिक विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए । निर्वाचन स्थगित भएपछि मतदानस्थल पब्लिक माध्यमिक विद्यालय बाहिर कांग्रेसका स्थानीय नेता कार्यकर्ताले नाराबाजी गरेका थिए ।

आज हुने भनिएको निर्वाचनका लागि सर्लाहीका २० स्थानीय निकायका २०० वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधि मतदानस्थलमा पुगेका थिए । पदाधिकारी र सदस्य गरी ९३ जना चयन गर्न जिल्लामा तीन हजार २८७ जना क्षेत्रीय प्रतिनिधि अर्थात् मतदाता रहेका छन् ।

कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्षबाट सुरेन्द्रप्रसाद सिंह र शेखर कोइराला पक्षबाट लक्ष्मण रायको प्यानल चुनावी मैदानमा छन् ।

वि.सं.२०७८ फागुन २३ सोमवार १६:२६ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...