back
CTIZAN AD

हुण्डी कारोबारमा संलग्न दुई व्यक्ति डेढ करोड रकमसहित पक्राउ

वि.सं.२०७८ फागुन २३ सोमवार

765 

shares

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डौंको मख्खनमा बिमला ईन्टरनेशनल नामक कम्पनीबाट नक्कली गरगहनाका कारोबारी भारतीय नागरिक पक्राउ परेका हुन् ।

भारत पश्चिम बंगाल दार्जिलिङका अमित अग्रवालले राजस्व छली तथा हुण्डी कारोबार गर्दै आइरहेको सूचनाको आधारमा गएको प्रहरीले आइतबार दिउँसो अग्रवालको ताहाचलस्थित डेरामा छापा मार्दा नगद १ करोड ५० लाख रुपैयाँसहित अग्रवाललाई पक्राउ गरेको हो ।

अग्रवालको डेरामा पुगेका प्रहरीले उनकै घरमा रहेका बिकी खड्गी नामका व्यक्तिसँग सोधपुछ गर्दा कालीमाटीस्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट ५० लाख रुपैयाँ ल्याएर अग्रवाललाई दिएको बताएपछि प्रहरीले अग्रवालको कोठामा छापा मारेको थियो ।
उनीहरु दुवैजनालाई पक्राउ गरि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले काठमाडौं टंकेश्वरी हाल किर्तिपुरमा बस्ने २४ वर्षीय खड्गीको साथबाट नगद २४ हजार, बिभिन्न बैंकको चेक, भौचर प्याड र मोबाइल एकथान बरामद गरेको छ भने ३२ वर्षीय अग्रवालको डेराबाट १ करोड ५० लाख रुपैयाँसहित ल्यापटप, मोबाइल तथा कारोबार सम्बन्धी विभिन्न कागजपत्र बरामद गरेको छ ।

वि.सं.२०७८ फागुन २३ सोमवार १६:५३ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...