back
CTIZAN AD

भारतको ‘बीबीआइएन एमभीए’ प्रस्तावमा नेपालको सहमति, भुटान बाहिरियो

वि.सं.२०७८ फागुन २६ बिहीवार

702 

shares

काठमाडौं । बीबीअइएन मोटरबाहन सम्झौता (बीबीआइएन एमभीए) कार्यान्वयन गर्न नेपाल, भारत र बंगालादेशले अवधारणापत्रलाई अन्तिम रुप दिएका छन् ।

फागुन २३ र २४ गते भारतको राजधानी दिल्लीमा बसेको त्रिदेशीय बैठकमा तीन देशले सो सम्झौतालाई अन्तिम रुप दिएका हुन् । तर उक्त बैठकमा भुटान भने बैठकमा पर्यवेक्षकको हैसियतमा मात्रै सहभागी भएको थियो ।

सम्झौताको कैफियतमा ‘भुटानले अनुमोदन गर्न बाँकी’ लेखेर अन्तिम रूप दिइएको भारतको विदेश मन्त्रालयले उल्लेख गरेको छ । सम्झौता कार्यान्वयन भएसँगै बंगलादेश, भुटान, भारत र नेपालबीच एक अर्को देशमा कार्गो, यात्रुवाहक र व्यक्तिगत सवारी बिना अवरोध सञ्चालन गर्न पाइने छ ।

‘बीबीआइएन कनेक्टिभिटी प्रोजेक्ट’ अन्तर्गत यो मोटरवाहन सम्झौतालाई भारतले अघि बढाएको हो । उसले यो परियोजनालाई चीनको बेल्ट एण्ड रोड इनिसियटीभ (बीआरआई) को विकल्पको रुपमा प्रचार गर्दै आएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले २०७२ सालमा सार्ककै विकल्पको रूपमा बीबीआइएन अवधारणालाई अगाडि बढाएका थिए ।
बंगलादेश, भुटान, भारत र नेपाल सदस्य रहनेगरी भारतले बीबीआइएन ल्याएको हो ।

उल्लेखित ४ देशलाई सडक र रेल सञ्जालले एकआपसमा जोड्नुपर्ने प्रस्ताव अगाडि सार्दै भारतका प्रधानमन्त्री मनमोहन सिंहकै पालामा बीबीआइएन प्रारुपबारे छलफल भइसकेको थियो ।

नेपालले बीआरआई परियोजना कार्यान्वयनमा हस्ताक्षर गरेको छ भने अमेरिकी सरकारको पुर्ण अनुदानमा सञ्चालन हुने एमसीसी परियोजनालाई पनि निकै लामो समय विवादकाबीच केही दिन अगाडि मात्रै संसदबाट अनुमोदन गरेको छ ।

भुटान भारतले अघि सारेको बीबीआइएनमा सहभागी नहुने देखिएको छ । सन् २०१६ मा भुटानको तल्लो सदनले अनुमोदन गरे पनि माथिल्लो सदनले भने सो सम्झौता रोकेको छ । सम्झौता रोकिएपछि ‘बीबीआइएन एमभीए’ बैठकमा भुटानले पर्यवेक्षकको रुपमा मात्रै सहभागीता जनाउँदै आएको छ ।

सन् २०१४ मा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमा क्षेत्रीय मोटरवाहन सम्झौता हुन नसकेपछि भारतले भुटान, बंगलादेश, भारत र नेपाल समेट्नेगरी बीबीआइएन मोटरवाहन सम्झौता अघि सारेको थियो । ‘बीबीआइएन एमभीए’ बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले गरेका थिए । पछिल्लोपटक यो समूहको बैठक सन् २०२० फेब्रुअरीमा बसेको थियो ।

वि.सं.२०७८ फागुन २६ बिहीवार ०७:३९ मा प्रकाशित

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...