back
CTIZAN AD

डकुमेन्ट एआई स्टार्टअप डकसुमोले सयौँ रोजगारी सिर्जना गर्ने

वि.सं.२०७८ फागुन २६ बिहीवार

681 

shares

काठमाडौं । उद्यमहरुलाई ग्राहकका कागजातहरुबाट स्वचालित निर्णयहरु गर्न मद्दर्ने ‘डकसुमो’ एक डकुमेन्ट एआई स्टार्टअपले हालै बीजपुँजीमा ३.५ मिलियन डर (करिब ४३ करोड रुपैयाँ) उठाएको छ ।

सो कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले सन् २०१९ जनवरीमा सहस्थापना गरेका थिए। स्टार्टअपको मूल प्रविधि नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरुद्वारा सञ्चालित छ ।

जसले व्यवसायहरुलाई वित्तीय कागजातहरु स्वचालित रुपमा पढ्न र त्यसका आधारमा निर्णय गर्न मद्दत गर्नेछ । फिफ्ट वाल, आरबोर रियलटी ट्रस्ट र वर्तमान लगानीकर्ता बेटर क्यापिटलको सहभागितामा कमन ओसनद्वारा राउन्डको नेतृत्व गरिएको थियो। स्टार्टअपले नयाँ कोषलाई नेपाल र भारतमा आफ्नो बढ्दो कर्मचारी टिमलाई विस्तार गर्न र उत्तर अमेरिकी बजारमा आफ्नो ग्राहक आधार बढाउन नयाँ कोष प्रयोग गर्ने योजना बनाएको छ ।

विक्रम डेटा एन्ट्री क्लर्क थिए र उनले प्रत्यक्ष रुपमा नै म्यानुअल एन्ट्री गर्न कति गाह्रो र दिक्कलाग्दो हुन्छ भनेर अनुभव गरेका थिए ।
वास्तवमा अधिकांश कागजात मिलाउने प्रक्रिया एसियाली देशहरु जस्तै भारतमा आउटसोर्स गरिन्छ, जहाँ ठूलो संख्यामा मानिसहरु वित्तीय सेवाहरुका लागि आवेदनहरु प्रक्रिया गर्छन् । टिमले मानिसले गर्ने मुख्य पक्ष–टेक्स्ट पढ्नेलाई स्वचालित गर्न मेसिन लर्निङ प्रविधि लागू गर्दैछ ।

लगानीबारे टिप्पणी गर्दै विक्रमले भने, ‘हामीलाई पहिलो दिनदेखि नै नेपालबाट ग्लोबल सास सफ्टवेयर बनाउन सकिन्छ भन्ने विश्वास थियो। हामीसँग हाल काठमाण्डौमा २५ डाटा साइन्टिस्ट र इन्जिनियरहरु काम गरिरहेका छन् । हामी यो वर्षको अन्त्यसम्ममा यो संख्या १०० पुग्ने योजनामा छौँ। हाम्रो उद्देश्य नेपाललाई इजरायलजस्तै टेक्नोलोजी हब बनाउन मद्दत गर्ने हो ।’

पछिल्लो १२ महिनामा डकसुमोले मुम्बई र काठमाण्डौमा आफ्नो टिम बढाएको छ र ६ गुणा आयवृद्धि अनुभव गरेको छ । यसले हाल संयुक्त राज्य अमेरिका, ईयू र एसियाका प्रमुख उद्यमहरुलाई सेवा दिन्छ ।

यस नयाँ लगानीसँगै डकसुमोले थप प्रयोगका केसहरु–ग्राहक अनबोर्डिङ, आम्दानी प्रमाणीकरण, वित्तीय ठगी पत्ता लगाउने, अन्डरराइटिङका लागि डेटा र विश्लेषकहरुले हाल ह्यान्डल गरेका अन्य महत्वपूर्ण, दैनिक कार्यहरु समेट्नका लागि आफ्ना उत्पादनहरु बढाउने योजना बनाएको छ ।

कोभिडले उद्यम स्वचालन र व्यापारका प्रक्रियाहरुको थप एपीआई फिकेशनलाई अगाडि बढाएको छ, यी दुवै हाम्रो सफ्टवेयरलाई छिटो अँगाल्न सघाउ गर्ने उत्कृष्ट सहयोगी तत्वहरु हुन्’, रुषभले भने ।

….

वि.सं.२०७८ फागुन २६ बिहीवार ०७:४५ मा प्रकाशित

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...