काठमाडौं । गृहमन्त्रालयले २०७९ सालको सार्बजनिक विदा सम्बन्धमा आएका समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विभिन्न संचारमाध्यम तथा टेलिभिजनमा २०७९ सालको विदा सम्बन्धी भ्रामक समाचारहरु प्रकाशित भएको भन्दै राजपत्रमा प्रकाशित सार्वजनिक विदा नै आधिकारीक हुने बताएको छ ।
‘सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि दिइने सार्वजनिक विदाका सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार नेपाल राजपत्रमा सूचना प्रकाशन गरिने हुँदा उक्त राजपत्रमा प्रकाशित सार्वजनिक विदा नै आधिकारीक हुने भएकाले त्यस्ता भ्रामक, कपोकल्पित समाचारहरुप्रति विश्वास नर्गनुहुन सम्बन्धीत सबैमा जानकारी गराइन्छ ।’ मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी बसन्त भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
वि.सं.२०७८ फागुन २६ बिहीवार ०८:३६ मा प्रकाशित






























