back
CTIZAN AD

ओलीलाई निर्वाचन आयोगको जवाफ : गणना गर्न सजिलोको लागि हरियो मतपत्र

वि.सं.२०७८ फागुन २६ बिहीवार

969 

shares

काठमाडौं । स्थानीय तहको चुनावमा प्रयोग हुने मतपत्रका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रश्न उठाएपछि निर्वाचन आयोगले प्रष्टीकरण दिएको छ । आयोगले मतगणना गर्न सजिलो हुने मनशायले मतपत्रको रंग हरियो बनाएको बताएको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कर्मचारी, सरोकारवाला सबैको सुझाबका आधारमा मतगणना सजिलो होस् भनेर हरियो बनाएको बताए ।

“आयोगले यसअघि खटिनुभएका निर्वाचन अधिकृत, निर्वाचन आयोगबाट जानुभएका अनुगमन अधिकृतहरु तथा गणनामा खटिनुभएका कर्मचारीहरु तथा विभिन्न सरोकारवालाहरुले दिएको सुझावको आधारमा हामीले पछिल्ला निर्वाचनहरुमा निर्वाचनको मतपत्रमा प्रयोग गरिएको निर्वाचन चिह्नको रङ र हाम्रो स्वस्तिक छापको रङमा भिन्नता ल्याउँछौँ भनेका थियौँ”, उनले भने, “त्यही कुरालाई मनन् गर्दै यो निर्णय गरिएको हो।”

यसअघि २०७४ सालमा प्रयोग गरेको मतपत्रमा भएका विवरण र निर्वाचन चिह्नहरुको रङ निलो थियो। चुनावमा छाप लगाइने स्वस्तिक छापको रंग निलो हुन्छ । मतपत्र र स्वस्तिक छापको रंग एउटै किसिमको भए रातिमा मतगणना गर्न कठिन हुने आयोगको भनाई छ ।

“निर्वाचन चिह्न र स्वस्तिक छापमा प्रयोग गरिने रङ एउटै पर्न जाँदा गणनामा अप्ठ्यारो भयो। हामीले स्थानीय तहको निर्वाचनमा एकपटक स्टाम्प चोपिसकेपछि सातवटा छाप हान्नुपर्छ। कतिपय मतदातालाई फेरि एकपटक चोपेर अर्को पटक चोपेर छाप हान्ने बानी नहुन सक्छ। त्यसैले पछिल्ला चिह्नहरुमा मधुरो हुँदै जाने हुन्छ”, उनले भने ।

मतपत्रको रंगको विषयलाई लिएर प्रमुख दलका एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति नै जनाएका छन् । उनले कांग्रेसलाई सहज हुने गरि हरियो मतपत्र ल्याइएको भन्दै स्वीकार्य नहुने बताएका छन् । ओलीले यस्तो आरोप लगाए पछि आयोगले प्रष्टीकरण पारेको हो ।

वि.सं.२०७८ फागुन २६ बिहीवार १७:४३ मा प्रकाशित

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...