back
CTIZAN AD

बैदेशिक बचतपत्र बारे दुबईमा अन्तरक्रिया

वि.सं.२०७३ चैत २ बुधवार

798 

shares

interatiaction-on-bachat-patra--in-dubai

नेपाल राष्ट्र बैकको बैदेशिक बचत सम्बन्धी अभिमुखिकरण कार्यक्रम बर दुबइको एक होटलमा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चि न्तामणी सिवाकोटिको प्रमुख आतिथ्यतामा सम्पन उक्त कार्यक्रममा नेपाली दूताबास युएइका कार्यबाहक राजादूत नेत्र बहादुर टन्डन, नेपाल बिजनेस काउन्सिल युएइका अध्यक्ष डा. आसिफ अली सिद्दिकी तथा गैर आवासिय नेपाली संघ युएइका अध्यक्ष सुदिप कार्की अथिती रहेका थिए।

कार्यक्रमको संचालन राष्ट बैंककी ऋण व्यवस्थापन विभागकी निर्देशक सीता घिमिरेले गर्नुभएको थियो भने बैंकका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले स्वागत मन्तब्य राख्दै बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागी यो यौटा लगानीको भरपर्दो तथा सुनौलो अवसर रहेको बताउदै ५ बर्षको लागी बैदेशिक रोजगार बचत पत्र लिन सकिने तथा नेपाल रास्ट्र बैकले १० प्रतिसत ब्याज ६-६ महिनामा दिने ब्यबस्था रहेको जानकारी दिदै यसले देशको अर्थतन्त्रको बिकाशमा समेत टेवा पुर्याउने बताउनु थियो।

कार्यकममा विभागकी निर्देशक सीता घिमिरेले बैदेशिक रोजगारको बचत, फाइदा, बेफाइदा सम्बधि कार्यपत्र प्रस्तुत गर्दै यो बचत पत्र बिशेष गरेर बैदेशिक रोजगारमा रहेका नेपालीहरु तथा गैर आबासीय नेपालीहरुको लागी २०६७ बाट ल्याइएको र अहिले सम्म ११ चोटी निस्कासन गरिसकेको बताउदै आफु बसेको देशको भिषा, आइडी तथा पासपोर्ट को आधारमा सजिलै लिन सकिने जानकारी दिनु थियो। युएइमा रहेका नेपाली ब्यबसायीहरु, बिभिन्न नेपाली संघ सस्थाका प्रतीनिधिहरु तथा पत्रकारहरुले प्रश्न गर्दै यसको फाइदा बेफाइदा तथा सुझाब सहित दिएका थिए।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटिले नेपाल राष्ट्र बैकले नेपाल सरकारको लागी रास्ट्र बैकले एजेन्टको रुपमा काम गर्ने र सल्लाह सुझाब दिने बताउदै देशको बारेमा नकारात्मक भन्दापनि सकारात्मक सोच बनाउन जोड दिदै आयत भन्दा निर्यात धेरै हुने हुनाले बिशेष गरेर हाम्रो जस्तो बिकास्न्वोमुख देशमा आर्थिक समस्या रहेको बताए । नेपालको अर्थतन्त्र रेमिटेन्समा निर्भर रहेको छ तर रेमिटेन्स बैधानिक बाटो भन्दा पनि अबैधानिक बाटो बाट हुने गरेकोले अर्थतन्त्रमा प्रभाब पर्ने गरेको जानकारी दिए।

वि.सं.२०७३ चैत २ बुधवार ०५:१९ मा प्रकाशित

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...