back
CTIZAN AD

नयाँ शक्ती आबुधावीमा देवेन्द्र बास्तोला

वि.सं.२०७३ चैत २ बुधवार

804 

shares

naya-shakti-uae
नयाँ शक्ती पार्टी नेपाल अन्तर्राष्ट्रिय नेपाली समाज युएई, आबुधाबी क्षेत्रीय समितिको प्रथम अधिबेशन सम्पन्न भएको छ । १० मार्च अबुधावीमा सम्पन्न उक्त अधिबेशनले देबेन्द्र बास्तोलाको अध्यक्षतामा १९ सदस्य कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षहरू जीवन परियार, मायाँ श्रेष्ठ र भिम पाटामगर रहेका छन्। यसैगरी सचिवमा प्रेम गौतम, सहसचिवमा अशोक केसी र तुलाषा थापा, कोसाध्यक्षमा किरण बिक र सहकोषाध्यक्षमा सुर्या मुखिया रहेका छन्।

सदस्यहरूमा रुपा विक, एलिस एन्जल्स, अमीत क्षेत्री, झलक सुनार,जित बहादुर विक, भोज राना, सिपि आचार्य, सुदर्शन पराजुली, प्रकाश पराजुली, गङ्गाराम सापकोटा सर्बसहमतिले चयन भएका छन्।

उक्त अधिबेशनले जनक श्रेष्ठ, दिपक बुढाथोकी, बल बहादुर बिक, बुद्दी भट्टरार्इ र शंकर बराल सल्लाहकारमा नियुक्त गरेको छ।
निबर्तमान क्षेत्रिय अध्यक्ष बिकाश ढकालको सभापतित्व तथा अन्तर्राष्ट्रिय नेपालि समाज युएईको संगठन बिभाग प्रमुख तथा प्रबास प्रादेशिक समिति सदस्य सुरेश ढकालको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा अथितिहरु शंकर सुनार केन्द्रीय सदस्य र प्रबास प्रादेशिक समिति सदस्य सरोज खड्का र शिवशंकर सुनार रहेका थिए।

नवनिर्बाचित कार्यसमितिलार्इ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै प्रमुख अथिति ढकालले अधिबेशन सफल बनाउन अहोरात्र खट्नु भएका केन्द्रिय समितिका पदाधिकारी तथा कार्यक्रममा उपस्थित सम्पूर्ण नयाँ शक्तिका अभियान्ता साथिहरुमा हार्दिक आभार प्रकट गरे । उनले यस प्रथम ऐतिहासिक अधिबेशनबाट नयाँ जोस र जाँगरका साथ संम्पुर्ण अभियान्ता साथीहरु सम्बृद्ध नेपाल निर्माणको महाअभियानमा मन बचन र कर्मले लाग्नु हुनेछ भन्ने पूर्ण बिस्वास लिएको बताए।

वि.सं.२०७३ चैत २ बुधवार ०६:५६ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...