back
CTIZAN AD

रुसले रासायनिक हतियार प्रयोग गर्ने खतरा रहेको नेटो प्रमुखको भनाइ, रूसद्वारा खण्डन

वि.सं.२०७८ फागुन २९ आइतवार

768 

shares

ब्रसेल्स । उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो) प्रमुखले रूसले यूक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा बताएका हुन् । उनले रूस–यूक्रेन युद्धमा रूसले रासायनिक हतियार प्रयोग गर्नसक्ने जोखिमबारे बोले पनि यसबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा तर्कसङ्गत आधार प्रस्तुत नभएको रूसी स्रोतले बताएको छ ।

यसैबीच स्टोलटेनबर्गले रुसले पछिल्ला दिनहरुमा यूक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको गलत सूचना फैलाएर आफूले त्यस्तो आक्रमणको तयारी गरेको हुन सक्ने जर्मन पत्रिकासँगको अन्तवार्तामा बताएको सो पत्रिकाले आइतबार उल्लेख गरेको छ ।

रूसले गत फेब्रअरी २४ देखि यूक्रेनमा आक्रमण गर्दै आएको छ । सो आक्रमणमा करिब एक हजार ३०० युक्रेनी सैनिकको मृत्यु भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । एएफपी

वि.सं.२०७८ फागुन २९ आइतवार २०:२२ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...